घरेलु मदिरा उत्पादन गरिरहेको भट्टीमा वप्रका श्रीपुरको छापा

बीरगञ्ज, ४ फागुन । घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा प्रहरीले छापामारी गरेर २ वटा भट्टी नष्ट गरेको छ ।

बीरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुर घुर्मीमा सञ्चालित रहेको घरेलु मदिरा उत्पादन गर्ने भट्टीलाई वडा प्रहरी कार्यालय श्रीपुरले नष्ट गरेको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उदयपुर घुर्मीमा संचालित २ वटा अवैध घरेलू मदिरा उत्पादन गर्ने भट्टीलाई नष्ट गरिएको प्रहरी निरीक्षक दिपक कुमार साहले बताउनु भयो ।

अवैध रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको सुचना आएपछी प्रहरी खटाएर मदिरा उत्पादन गर्ने भट्टी नष्ट गर्नुको साथै मदिरा बनाउन तयार पारीएको १४ सय लिटर कच्चा पदार्थ र ३५ लिटर तयारी मदिरा समेत नष्ट गरिएको प्रहरी निरीक्षक साहले बताउनु भयो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!