वीरगंज,०४ फागुन । वीरगंजको पानीटंकी स्थित रहेको बिके कर परामर्श केन्द्र फर्ममा राजश्व अनुसनधान कार्यालय पथ्लैया बाराको टोलीले छापामारी गरेको छ ।
आज दिउसो ५ बजेको समयमा राजश्व अनुशनधान कार्यालय पथ्लैयाको टोलीले कर भ्याट छलीमा सहयोग गरेको आरोपमा अडिटर विनोद मण्डलले संचालन गरेको बिके कर परामर्श केन्द्र फर्ममा छापामारी गरेको हो ।
राजश्व अनुसनधानको टोलीले छापामारी गरेर कार्यालयमा रहेको विभिन्न कागजपत्र आफनोे नियन्त्रणमा लिएको छ ।
बीरगञ्जमा नाम चलेका ठुला ठुला उद्योगी व्यापारीहरुलाई फाइदा पुग्ने गरी कर भ्याट छलीमा सहयोग गरिरहेको सुचना आएपछि छापामारी गरिएको छापामारीमा संलग्न अधिकृतले बताए ।
आफनै घरमा कार्यालय संचालन गरेको अडिटर मण्डलले राजश्व अनुसनधानको टोली आएको खबर पाएपछि फरार भएका थिए ।
बीरगञ्जको पानीटंकी जस्तो महंगो एरीयामा ६ महिना अगाडी मात्र अडिटर मण्डलले करोडौ रुपैयामा आलीशान घर खरिद गरेर आफनो कार्यालय संचालन गरेका छन ।
यसमा तपाईंको प्रतिक्रिया: