ग्लोबल आईएमई बैंकद्वारा निःशुल्क आँखा शिविरको आयोजना

वीरगंज । ग्लोबल आईएमई बैंक वीरगंजको आयोजनामा आज वीरगंज महानगरपालिका वडा नम्बर २५ श्रीसियमा निःशुुल्क आँखा शिविर सम्पन्न भएको छ ।

केडिया आँखा अस्पताल परवानीपुरको सहयोगमा सम्पन्न शिविरमा २५० जनाको आँखा परिक्षण गरिएको थियो । जसमध्ये ४७ जनामा मोतियाबिन्दु फेला परेको छ ।

मोतियाबिन्दुको शल्यक्रियाको सम्पुर्ण खर्च बैंकले व्यहोर्ने बैंकका वीरगंज शाखा प्रबन्धक संतोष कुमार साहले जानकारी दिनुभयो ।

शिविरमा नेत्र रोग विशेषज्ञ डा. नितिन तुल्स्यानको टिमले चेकजाँच गरेको थियो ।

सो अवसरमा बैंकका तर्फबाट राकेश ज्ञवाली,सुशिल द्विवेदी, मिनु यादव, सोनु जयसवाल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानिय युवा आशुतोष चतुर्वेदीको विशेष सहयोग रहेको बैंकले जनाएको छ ।

error: Content is protected !!