वीरगंजमा जारी जुत्ता चप्पल व्यापार मेलाको अवधी २ दिन थप 

वीरगंज । वीरगंजको घण्टाघर नजिकै जारी जुत्ता चप्पल व्यापार मेलाको समय अवधी २ दिन थप गरीएको आयोजकले जनाएको छ ।

गत माघ ६ गते देखी  जारी मेला फागुन ८ सम्म मात्रै चल्ने भनिए पनि हाल मेला लोकप्रीय बन्दै गएको तथा ग्राहकहरु पनि उत्साह पुर्ण रुपमा अवलोकन गर्न आईरहेका कारण मेलाको अवधी २ दिन थप गरी फागुन ११ गते सम्म चल्ने आयोजक नेपाली जुताघर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।

करीब २ लाख ग्राहक तथा उपभोक्ताहरूलाई मेला अवलोकन गराउने लक्ष्य लिइएकोे मेलामा नेपाली संगै खासगरी भारतीय ग्राहकको आकर्षण बढी देखीएको तथा दिनभरी जसो सिमावर्ती भारतका विभिन्न शहरबाट ग्राहकहरु मेलामा अवलोकन गर्न आउने गरेको अध्यक्ष उपाध्यायले बताउनु भयो ।

मेलामा प्रती दिन ५ लाख भन्दा बढीको कारोबार हुने गरेको तथा हाल सम्म ८० हजार भन्दा बढी नेपाली तथा भारतीयले भ्रमण अवलोकन गरिसकेको मेला आयोजकका अध्यक्ष होमनाथ उपाध्यायले बताउनु भयो ।

मेलामा पुरुष भन्दा महिला उपभोक्ता अवलोकन गर्न तथा जुत्ता चप्पल खरीदका लागि आउने गरेको विक्रेताहरूले बताएका छन् ।

स्वदेशी ब्रान्डका जुत्ता चप्पल सस्तो मूल्यमा बिक्री गर्ने लक्ष्यले मेलामा १५ देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरीएको आयोजकले जनाएको छ ।

उपभोक्ताहरुलाई सस्तो मुल्यमा जुत्ता चप्पल बिक्री गरी स्वदेशी उद्योगलाई प्रवर्धन तथा संरक्षण गर्ने उदेश्यले संचालन गरीएको मेलामा शिखर, रन, बिएफ डियर हिल, सुज ल्यान्ड, कोसेली, क्रस रोल, हिल गरी कुल ७ स्वदेशी कम्पनीको उत्पादन बिक्रीमा राखिएको छ ।

error: Content is protected !!