पर्सा बसुन्जेल ‘थुनुवा कक्ष’ खाली भएको देख्न् चाहन्छु – प्रहरी उपरीक्षक पन्त

बीरगञ्ज,२ फागुन । पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले पर्सा जिल्लालाई अपराध मुक्त बनाउन सबैको सहयोग आवश्यक भएको बताउनु भएको छ ।

पर्साको प्रहरी प्रमुखको रूपमा कार्यभार सम्हालेको आज ९ औ दिनमा पर्साका पत्रकारहरू संग भेटघाट गर्दै प्रहरी उपरीक्षक पन्तले प्रहरीले मात्र चाहेर अपराध मुक्त समाजको परिकल्पना गर्न नसकिने भएकोले यसमा सबैको साथ र सहयोगले मात्र समाजमा शान्ति अमन चयन कायम गर्न सकिने बताउनु भयो ।

हाम्रो उद्देश्य थुनुवा कक्ष भरियोस भन्ने कदापी हुदैन, ‘आफनो कार्यकालमा थुनुवा कक्ष खाली भएको देख्न चाहन्छु, एसपी पन्तले भनिन ।

हरेक जिल्लामा फरक फरक खालका चुनौतीहरू हुन्छन पर्सामा पनी फरक खालका चुनौतीहरू छन र यहाँको चुनौतीलाई पहिचान गरेर सोही अनुसारको योजना बनाएर अघि बढने बताईन ।

पर्सामा आएको ९ दिनमा आफुले एकजना पनि सेवाग्राहीलाई आफनो समस्या लिएर एकलै आएको देखिन जती पनि आए सबैले कसै न कसैलाई साथमा लिएर आएको देखे यो अवस्थाको अन्त गर्ने छु ।

खुला सिमाको कारण हुने अवैध माल समानको भन्सार चोरी तस्करी र अपराध नियन्त्रण गर्न सम्बन्धित सबै पक्ष संग समन्वय गरेर सुन्य सहनशीलता अपनाउने कुरामा जोड दिईन ।

सादा पोशाकमा खटिने घुमुवाहरूले तस्करूलाई सहयोग गरिरहेको सञ्चारकर्मीको प्रश्नमा एसपी पन्तले अपराधीक गतिविधि नियन्त्रण भन्दा अन्य कुनै काममा सादा पोशाकमा प्रहरी नखटिने दावी समेत गर्नु भयो ।

error: Content is protected !!