वप्रका श्रीपुरद्वारा २ हजार पीस अवैध कुखुराको चल्ला बरामद

बीरगञ्ज । भारत बाट अवैध रूपमा भित्रयाईएको १५ काटुन ब्रोईलर कुखुराको चल्ला प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुर बाट खटिएको प्रहरी टोलीले बीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया नाका बाट नेपाल तर्फ भित्रयाईएको १९ सय ५० गोटा ब्रोईलर कुखुराको चल्ला बरामद गरिएको प्रहरी निरीक्षक दिपक कुमार साहले बताउनु भयो ।

खुला सिमाको फाईदा उठाउदै तस्कर समुहले रातीको २ बजे कुखुराको चल्लाको तस्करी गरिरहेको खबर पश्चात यस कार्यालय बाट खटेको प्रहरी टोलीले उक्त चल्ला बरामद गरेको प्रहरी निरीक्षक साहले बताउनु भयो ।

बरामद गरिएको चल्ला आबश्यक कारबाहीको लागी पशु पँक्षी क्वारेन्टाईन कार्यालय पर्सामा पठाईएकोमा सो कार्यालय बाट कानुन बमोजीम नस्ट गरीएको प्रहरीले जनाएको छ ।

error: Content is protected !!