ट्राफिक नियम पालन गरिदिनुस, सडक दुघर्टनामा धेरै कमी आउछँ – ट्राफिक प्रहरी उपरीक्षक महतो

श्याम कुशवाहा/ बीरगञ्ज,२९ माघ । प्रदेश २ ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोले सडक दुघर्टनामा कमी ल्याउन ट्राफिक नियमको पालन गरिदिन सबै पक्षलाई आग्रह गर्नु भएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले वडा नम्बर १४ को वस्तीपुर माध्यमिक विद्यालय परिसरमा आयोजना गरेको मानवीय क्षति र सडक दुघर्टना न्युनिकरण तथा ट्राफिक जनचेतना मुलक कार्यक्रममा विधालयमा अध्यनरत विधार्थीहरूलाई ट्राफिक नियम तथा प्रदेशको अवस्था बारे जानकारी दिदै ट्राफिक प्रहरी उपरीक्षक महतोले ट्राफिक नियमको उल्लंघनले वर्षेनी सडक दुघर्टनामा बृद्धि भइरहेकोले यसलाई न्युनिकरण गर्न ईमानदारी पुर्वक ट्राफीक नियमको पालना गरिदिन सबैलाई आग्रह गर्नुभयो ।

मैले यस प्रदेशको कमाण्ड सम्हाले देखी ट्राफिकमा पनी थुप्रै सुधार ल्याएको बताउदै प्रदेश २ लाई सडक दुघर्टना मुक्त बनाउन अभियान सहित अहिले प्रदेश भरी ट्राफिक सचेतना कार्यक्रम संचालन गरेको बताउनु भयो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयले सुरू गरेको अभियानका कारण धेरै सुधारका कुराहरु आउन थालेको कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक महतोले जानकारी दिनुभयो ।

सुरक्षित सडक यात्रा का लागी गाडी चालकले मात्र हैन हामी यात्रुले पनी ट्राफिक नियमबारे सचेत हुने बेला आएको छ ट्राफिक प्रहरी उपरीक्षक महतोले भने ।

कार्यक्रममा विधार्थीहरू,स्थानीय जनप्रतिनिधि लगाएतको उल्लेखनीय सहभागिता रहेको थियो ।

error: Content is protected !!