मेरो माईक्रोफाईनान्स द्धारा २ दिने तरकारी खेती सिपमुलक तालीम आयोजना

वीरगञ्ज,२८ माघ । मेरो माईक्रोफाईनान्स लघुवित वित्तीय संस्था लिमिटेडले आफना समुहमा रहेका सदस्यहरुलार्ई लक्षीत गरेर २ दिने तरकारी खेती सिपमुलक तालीम आयोजना गरेको छ ।

शाखा कार्यालय रामगढवाले वीरगञ्जको रानीघाट स्थीत रहेको आफनै कार्यालयमा आयोजना गरेको सिपमुलक तालीमको सोमबार एक कार्यक्रमका बिच संचालन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष दशरथ प्रसाद राउतले तालीमको उद्धघाटन गर्दै सिप सिकेर व्यवहारमा लागु गर्न तालीमममा सहभागी सदस्यहरुलाई आग्रह गर्नु भएको थियो ।

यस संस्थाको समुहमा रहेका महिला सदस्यहरुको व्यवसायिक क्षमता अभिबृद्धि गर्न सहयोग पुग्ने तथा सदस्यहरुलाई लघु कर्जा कृषि क्षेत्रमा सहज लगानी गर्न र सदुपयोग गर्न सहयोग पुर्याउने तथा समुदाय स्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने उदेश्यले तालीमको आयोजना गरिएको शाखा प्रबन्धक चितरञ्जन कामतीले बताउनु भयो ।

कार्यक्रममा मेरो माइक्रोफाईनान्स लघुवित वित्तीय संस्था लिमिटेड प्रदेश २ को अनुगमन अधिकृत रामकिशोर प्रसाद कुशवाहा लगाएतको उपस्थिती रहेको थियो ।

तालीममा सहभागीहरुलाई कृषी ज्ञान केन्द्र वीरगञ्ज पर्साका श्याम किशोर प्रसाद र मुनीलाल प्रसादले प्रशिक्षण दिइरहेका छन । तालीममा बारा र पर्साका समुहमा आबद्ध ४५ जना सदस्यहरुकोे सहभागीता रहेको छ ।

error: Content is protected !!