मानविय क्षती र सवारी दुर्घटना न्युनिकरण गर्न प्रदेश दौडाहामा ट्राफीक प्रहरी उपरीक्षक महतो

सडक दुर्घटनामा मृत्युको खबरले रातीमा निन्द्रा लाग्दैन : ट्राफीक प्रहरी उपरीक्षक महतो

श्याम कुशवाहा/ बीरगञ्ज,२७ माघ । प्रदेश २ ट्राफीक प्र्रहरी कार्यालय पथ्लैयाले प्रदेश २ को ८ वटै जिल्लाहरुमा मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतनामूलक विभिन्न कार्यक्रमहरु प्रत्येक दिन संचालन गरिरहेको छ ।

प्रदेश २ ट्राफीक प्रहरी प्रमुखको रुपमा ट्राफीक प्रहरी उपरीक्षक श्याम कुमार महतो आए देखी प्रदेश २ को आठ वटा जिल्लाहरुमा ट्राफीक सम्बन्धी जानकारी तथा दुर्घटना न्युनिकरणका उपायहरुका बारेमा ट्राफीक प्रहरीले विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालनमा ल्याएको हो ।

प्रदेश २ का जिल्लाहरुमा वर्षेनी बढदो सडक दुर्घटनालाई न्युनिकरण गर्न तथा ट्राफीक नियम बारेमा जनमानसमा सचेतना गराउने उदेश्यले विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको ट्राफीक प्रहरी उपरीक्षक श्याम कुमार महतोले बताउनु भयो ।

हामी ट्राफीक नियम बारे सचेत हुदा हुदै समेत जानी जानी नियम उल्लघंन गर्छौ हाम्रो सानो गल्तीले अन्य सर्वसाधारणको ज्यान जोखीममा परीरहेको हुन्छ त्यसकारण तपाई हामी सबैको दायीत्व हो ट्राफीक नियम पालन गरौँ प्रहरी उपरीक्षक महतोले भने ।

यदी हामीले इमान्दारी पुर्वक ट्राफीक नियमको पालन गर्यौ र ट्राफीक नियम उल्लघंनका घटनाहरुमा कमी भयो भने एकाएक रुपमा सडक दुर्घटनामा कमी आउछँ ।

गम्भीरता पुर्वक नलिदा सडक दुर्घटनामा हामीले वार्षीक रुपमा हजारौ मान्छे हाम्रै आफन्त गुमाई रहेका छौ यो ठुलो विपदा भन्दा पनि भयावह हो तर पनि हामी गम्भीर हुदैनौ सचेत हुदैनो, सडक दुर्घटनामा मान्छे मृत्यु भएको खबर सुनेको दिन रात्रीमा निन्द्रा लाग्दैन उनले थपे ।

हामी दिन रात नगनी अहोरात्र खटिरहेका छौ सडक दुर्घटना कम गर्नलाई यहाहरु सबैको दायीत्व हो ट्राफीक नियम पालन गरिदिनु होस मेरो एउटै आग्रह र अनुरोध हो प्रहरी उपरीक्षक महतोले भने ।

प्रदेश २ ट्राफीक प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाराको पथलैया, अमलेखगंज र जीतपुरमा मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।

त्यसैगरी ट्राफीक प्रहरी उपरीक्षक महतोकै उपस्थीतीमा सप्तरी कन्चनरुप नगरपालीका ८ अनपूर्ण बहुमुखी क्याम्पस कन्चनपुरको हलमा ईलाका प्रशासन कार्यालय कन्चनपुरका प्रमुख केशव कुमार झा, ईलाका प्रहरी कार्यालय कन्चनपुरका कार्यालय प्रमुख प्रहरी नावय उपरीक्षक मकेन्द्र कुमार मिश्र, जिल्ला ट्राफीक प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उत्तम कार्की, क्याम्पस प्रमुख सुरेश यादव, अन्नपुर्ण बहुमुखी क्याम्पसका बिधार्थी, स्थानिय जनप्रतिनिधी, बिभिन्न मिडियाका संचारकर्मी, यातायात ब्यवसायी र चालक सहचालकलाई मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको थियो ।

error: Content is protected !!