प्रदेश २ मा पहिलो पटक बृति परामर्श तथा रोजगार मेला

अन्तर्राष्ट्रिय संस्थाले प्रदेश सरकारसंग समन्वय विना नै काम गरेको मुख्मन्त्रीको आरोप

वीरगन्ज,माघ २५ । मुख्यमन्त्री महमद लालबाबु राउत गदीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुले प्रदेश सरकारको समन्वय र सहकार्य विना काम गरेको आरोप लगाउनु भएको छ ।

शनिबार वीरगन्जमा आयोजित बृति परामर्श तथा रोजगार मेलाको उदघाटन कार्यक्रममा बोल्दै यस्तो आरोप लागाउनु भएको हो ।

उहाले प्रदेश सरकारको सहकार्य र समन्वय बिनानै सबै संस्थाहरुले  कार्यक्रम चलाएको कारण अपेक्षाकृत परिणाम आउनु नसकेको बताउनु भयो ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले एकद्धार प्रणालीबाट संमाजिक संस्थाहरुलाई काम गर्न गराउन कानुन ल्याइने बताउनु भयो ।

उहाले वीरगन्ज महानगरपालिकाले प्रदेश नम्बर २ मा पहिलो पटक रोजगार मेलाको आयोजना गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै संघीय सांसद प्रदिप यादवले शिपविना युवाहरु विदेशिएको कारण विदेशमा युवाहरुलाई ज्यान गुमाउनु परेको बताउदै युवाहरुलाई आधारभुत तालिमको आवश्यकता रहेको बताउनु भयो ।

उहाले तालिम लिएको युवाहरुलाई सरकारले शुन्य व्याजमा ऋण उत्पलब्ध गराए मात्र बेरोजगारी कम हुने धारणा व्यक्त गनुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले बेरोजगारीलाई न्युन गर्नको लागी बृति परामर्श रोजगारी मेलाको आयोजना गरिएको बताउनु भयो ।

उहाले यस बर्ष एक दिने मेलाको आयोजना गरिए पनि आउने बर्ष देखि यो मेलालाई अझ व्यवस्थीत बनाउदै एक हप्ताको लागी मेलाको आयोजना गरिने बताउनु भयो ।

कार्यक्रममा वीरगन्ज उधोग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुबोध गुप्ता,रोजगार तथा तालिम प्रदायक संस्थाका प्रदेश सचिव ललन तिवारी ,एमालेका जिल्ला अध्यक्ष प्रभु हजरा लगायतका व्यक्तिहरुले मेलाको महत्व तथा आवश्यकताका बारेमा जानकारी गराएका थिए भने वीरगन्ज महानगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अरुण कुमार महतोले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

मेलामा ४६ वटा रोजगार प्रदायक कम्पनिहरुको स्टल राखिएको छ । लगभग १० हजार युवाहरु मेलाको अवलोकन गर्ने आयोजक संस्थाहरुले अपेक्षा राखेका छन

error: Content is protected !!