गरिबी निवारणको लागी सहकारी सबै भन्दा उत्कृष्ट व्यवस्था हो – सांसद यादव

वीरगन्ज,माघ २५ । समाजवादी पार्टीका नेता एवम सांसद प्रदिप यादवले गरिवी निवारण र आर्थिक उन्नतीको लागी सहकारी उपयुक्त एवम सर्वेाकृष्ट व्यवस्था भएको धारणा व्यक्त गर्नुभएको छ ।

श्री गणेश बचत तथा ऋण सहकारी संस्थाको ११औ बार्षिक उत्सव कार्यक्रमको प्रमुख आतिथीको रूपमा मन्तव्य व्यक्त गर्दै सांसद यादवले छरिएको पुजिलाई एकिकृत गर्दै समुदायको उत्थानमा सहकारीको धेरै राम्रो भूमिका रहेको बताउनु भयो ।

उहाले देश गरिव नभए पनि चिन्तन गरिव भएको कारण समाजको विकास हुन नसकेको बताउनु भयो ।

सांसद यादवले राष्ट्रिय परिपेक्षमा सहकारी एन २०७४ र सहकारी नियमावली २०७५ भएपनि प्रदेश २ को सरकारले यहाको समाजिक परिवेश अनुसारको सहकारी नियमावली २ बर्ष सम्ममा बनाउन नसकनु दुर्भाग्य भएको बताउनु भयो ।

प्रदेश २ को परिपेक्ष्यमा मधेसी समुदायको आर्थिक उन्नतीको लागी प्रदेश सरकारलाई अविलम्ब प्रदेश स्थरीय सहकारी कानुन बनाउन सांसद यादवले मांग समेत गर्नुभयो ।

उहाले केहि सहकारी संचालकहरुको गलत रवैयाको कारण सहकारी संस्थाहरु बदनाम भएको बताउदै संचालकहरुलाई पारदर्शी हुन अनुरोध गर्नु भयो ।

उहाले संचालक समितीका पदाधिकारीहरुले समय समयमा सबै सदस्यहरुलाई सस्थाको आर्थिक अवस्थाको बारेमा जानकारी गराए सदस्य र संचालक समिति बिचका सम्बन्ध अझ बजबुत हुने धारणा व्यक्त गर्नुभयो ।

श्री गणेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय सहकारी बिकास बोर्डका सदस्य शम्भु गुप्ता,सहकारीका पुर्व अध्यक्ष गणेश लाठ,वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया ,राजेश पडित लगायतका व्यक्तिहरुले उक्त सहकारी संस्थाको उत्तरोतर प्रगतिको कामना समेत व्यक्त गरेको थिए ।

error: Content is protected !!