वीरगन्ज, २४ माघ । समाजवादी पार्टी नेपाल पर्साले संगठन बिस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत आज ठोरी गाउँपालिकामा अभियानको बारेमा अभिमुखिकरण तथा ठोरी गाउँपालिकाको समायोजन कार्यक्रम सम्पन्न गरेको छ ।
ठोरी गाउँपालिका अध्यक्ष पुर्न तामाङको अध्यक्षता सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले सदियौं देखी सत्ता संचालन गरेका पार्टीले मधेसी र पहाडीको खाड्ल खडा गरि शोषित र उत्पिडामा परेको समुदाय माथि शासन मात्र गरेको आरोप लगाउनु भयो ।
उनले अहिले आएर विभिन्न बहाना गरि अझै सत्ता लम्ब्याउने दाउ रहेकोले सो प्रति सचेत रहन नेता कार्यकर्तालाई अह्वान गर्नुभयो ।
यसैबीच आजै समाय़ोजन गरिएको समितिको पदाधिकारी र सदस्यहरुलाइ पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो ।
कार्यक्रमको उदेश्य माथी जिल्ला उपाध्याय मुस्त्किम अन्सारीले प्रकाश पार्नु भयो भने समितिको घोषणा जिल्ला सचीव तबरेज अहमद्ले गर्नुभयो ।
कार्यक्रममा लाल सिंह घलान, सन्तोशि भोलान, दल बहादुर थापा, पुर्ण लामाका साथै विभिन्न वडाबाट नेता कार्यक्रताहरुको उपस्तिथी रहेको थियो ।
कार्यक्रमको संचालन समाजबादी युवा संघको प्रदेश सदस्य अमित यादवले गरेका थिए ।
यसमा तपाईंको प्रतिक्रिया: