सलिम फेरि प्रहरी थुनामा

वीरगन्ज–वाराको जितपुर सिमरा उपमहानगरपालिका २ एयरपोर्ट नजिकैको १० धुर जग्गा बिक्रीका लागि नाप जा“च गर्दा वीरगन्ज महानगरपालिका १८ निवासी बलराम रौनियार र बहुदरमाई नगरपालिका ३ निवासी सलिम मिया पक्राउ परेका छन् ।

बिचौलियाले जग्गा बिक्रीका लागि नापिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि इलाका प्रहरी कार्यालय सिमराको टोलीले बलराम र सलिमलाई गत सोमबार पक्राउ गरेको हो ।

जितपुर सिमरा उपमहानगरपालिका २ को कित्ता नम्बर ११३० को १० धुर जग्गा ज्ञानेश्वरी थपलियाको नाममा दर्ता छ ।

तर, यी दुबै बिचौलियाले सरकारी सहि छाप किर्ते गरि उक्त १० धुर जग्गा बहुदरमाई नगरपालिका २ निवासी सुनिल प्रसाद यादवको नाममा लालपुर्जा निकालेका थिए ।

उक्त कित्ताको धनीपुर्जा बारे मालपोतमा पत्राचार गरेपछि बलराम र सलिमबाट बरामद भएको धनीपुर्जा नक्कली भएको थाहा पाइएको इप्रका सिमराका प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले बताए ।

सलिम यसअघि गत मंसिरमा वीरगन्ज महानगरपालिका १९ विन्दवासनी स्थित एक बिघा १५ कठ्ठा जग्गा किर्ते जालसाजी गरि बिक्री गरेको मुद्दामा पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका मुद्दा फा“टका तत्कालिन इन्सपेक्टर असरफ अलि अन्सारी आर्थिक प्रलोभनमा परि सलिम विरुद्ध अनुसन्धान नै नगरि अभियोजन पत्र अदालत पठाएका थिए ।

अधिकृत वारेसनामा किर्ते गरेको अभियोग जग्गाधनी उमानाथ प्रसाद कायस्थले लगाएका थिए ।

अदालतले सलिमलाई एक लाख ५० हजार रुपैया धरौटी लिई तारिखमा राखि मुद्दा पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

error: Content is protected !!