प्रभु अस्पताल द्वारा ५ दिने स्वास्थ्य शिविर संचालन गरिदै, हजारौ लाभान्वित हुने

बीरगञ्ज,२४ माघ । प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि वीरगंजले यहि फागुन ४ देखि ९ गते सम्म स्वास्थ्य शिविर संचालन गर्न लागेको छ ।

अस्पताल प्रसाशनले आज पत्रकार सम्मेलन गरी बिहान १० बजे देखि २ बजे सम्म अस्पताल परिसरमैै शिविर संचाल्न गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष एवं सर्जन डा. मनोज कुमार गुप्ताले शिविरबाट निम्न आय भएका व्यक्तिहरु बढी लाभान्वित हुने बताउनु भयो ।

फागुन ४ गते बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. राधा भट्राई , फिजिसियन डा. उदयनारायण सिंह,डा. महेश्वर प्रसाद कुर्मीले स्वास्थ्य चेकजाच गर्ने छन ।

फागुन ५ गते बरिष्ठ हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डा. रविन्स कुमार साह, डा. चन्द्रभुषण यादवले स्वास्थ्य शिविरमा चेकजाच गर्ने छन ।

फागुन ६ गते बरिष्ठ बाल तथा नवजात शिशुरोग बिशेषज्ञ डा.रैफुल आलम,डा.प्रविन कुमार सिंह, डा. श्यामबाबु साह,डा. अमित ठाकुरले चेकजाच गर्ने छन भने फागुन ७ गते बरिष्ठ नाक,कान,घाँटी रोग बिशेषज्ञ डा. बिद्यान कोइराला, डा. राम प्रधानले चेकजाच गर्ने छन ।

फागुन ८ बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता,डा. बिरेन्द्र भगत र फागुन ९ गते बरिष्ठ सर्जन डा. मनोज कुमार गुप्ताले चेकजाँच गर्ने जानकारी दिनुभयो ।

उहाँले शिविर अवधिभरी ओपिडिमा ५० प्रतिशत ,एक्सरे,भिडियो एक्सरे ल्याव सहित अप्रेशनमा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा अस्पतालका डाक्टर, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण अस्पतालका प्रशासन प्रमुख लक्ष्मी खरेलले गर्नुभएको थियो ।

error: Content is protected !!