सशस्त्र प्रहरीद्वारा भन्सार छलीका लत्ता कपडा तथा बौद्धचित्त माला बरामद

बीरगञ्ज,२२ माघ । अवैध रूपमा भन्सार छली नेपाल तर्फ भित्रयाउन लागिएको लत्ता कपडा तथा बौद्धचित्त माला सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. 14 गुल्म हे.क्वा राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्म पर्साबाट खटिएको गाडी मोबाईल टोलीले बसपार्क एरिया बाट अवैध रूपमा भन्सार चोरी पैठारी गरी ल्याईएको विभिन्न ब्रांड का साडी,कुर्ता सलवार लगाएतका कपडाहरू बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

बरामद कपडाको मुल्य १ लाख १० हजार ७ सय ९५ रूपैया रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिनु भयो ।

त्यसैगरी अवैध रूपमा भन्सार चोरी पैठारी गरी नेपाल तर्फ भित्रयाईएको ८ किल्लो बौद्धचित्त माला पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले बताउनु भयो ।

भन्सार मुलगेटमा सप्रसनि लक्ष्मण गौतमको कमाण्डमा खटिएको डिउटी टोलीले चेकजाँच गर्ने क्रममा भारत रक्सौलबाट अबैध रुपमा भन्सार छली पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको बौद्धचित्त माला बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!