वडा प्रहरी श्रीपुरको सक्रियता : ३ लाखको लत्ता कपडा बरामद

बीरगञ्ज,२१ माघ । प्रहरीले बीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौबाट अवैध रूपमा भन्सार छली गरिएको लत्ता कपडा बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुर बाट खटिएको प्रहरी टोलीले अलौ टोल बाट ३ लाख २५ हजार मुल्य बराबरको लत्ता कपडा बरामद गरिएको प्रहरी निरीक्षक दिपक कुमार साहले बताउनु भयो ।

सिमावर्ती भारतीय शहर रक्शौल बाट अलौ को बाटो हुदै भन्सार चोरी पैठारी गरी अवैध रूपमा नेपाल तर्फ भित्रयाईएको विभिन्न ब्रांड का लत्ता कपडा हरू बरामद भएको प्रहरी निरीक्षक साहले जानकारी दिनु भयो ।

बरामद समानहरूमा कुर्ता सुरूवाल,साडी लगाएत कपडा रहेका छन ।

बरामद लत्ता कपडा सहितको समानहरूलाई बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

error: Content is protected !!