प्रदेशका घुमुवाको बदमासी : व्यापारी संग तोकेरै पैसा माग्ने, नदिनेको समान पक्राउ

बीरगञ्ज,१८ माघ । एक हप्ता अगाडी तस्कर संग साठगाठ गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्चमा कार्यरत प्रहरी जवान विजय यादवलाई प्रदेश २ प्रहरी कार्यालयले कार्यवाही स्वरुप ६ महिनाको लागी निलम्बन गर्यो ।

यस्तै प्रकृतीका घटनामा प्रदेश २ प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएका घुमुवा प्रहरी जवान सञ्जय जयसवाल संलग्न भएको भेटिएको छ ।

हाल प्रदेश २ प्रहरी कार्यालय बाट सादा पोशाकमा खटिएका प्रहरी जवान जयसवाल ८ महिना अगाडी पर्सा क्राईम ब्रान्चमै कार्यरत हुदा यहाँका सबै जसो व्यापारी संग राम्रो सम्पर्क बनाएर अवैध भन्सार छलीमा लागेका व्यापारीहरुलाई सहयोग गरेर राम्रै आम्दानी गरिरहेका थिए ।

हाल प्रदेश २ प्रहरी कार्यालयको घुमुवा बसेर पर्सालाई मात्र केन्द्र विन्दु बनाएका प्रहरी जवान जयसवालले यहाँ स्थित रहेका व्यापारीहरुलाई फोन मार्फत रकम माँग गर्ने नदिने व्यापारीको माल पक्राउ गर्ने रणनीति अनुरुप कार्य गरिरहेको शुक्रवारको घटनाबाट प्रष्ट भएको छ ।

हिजो शुक्रवार दिउसोको समयमा वीरगञ्ज महानगरपालीका वडा नम्बर ५ रेशमकोठी स्थित रहेको एक व्यापारीको गोदाममा स्थानीय प्रहरीको सहयोगमा प्रदेश २ प्रहरी कार्यालयबाट खटिएका घुमुवा प्रहरी जवान सञ्जय जयसवालले छापामारी गरेर ५ लाख मुल्य बराबरको भन्सार छलीका माल समान बरामद गर्यो ।

गएको महिना ४ हजार रुपैया महिनावारी लिएको घुमुवा जयसवालले यस महिना २० हजार रुपैया दिन ति व्यापारीलाई १० दिन अगाडी आफनो मोबाइल नम्बर ९८१४२३११०६ बाट फोन गरेर माँग गरेका थिए ।

प्रदेशका घुमुवा जयसवालले २० हजार रुपैया नदिएका कारण मेरो गोदाममा छापामारी गरेर माल समान पक्राउ गरेको नाम नछाप्ने सर्तमा ति व्यापारीले बताए ।

पर्सा क्राईममा हुदा पनि उनलाई ४ हजार रुपैया दिने गरेको बताउदै ति व्यापारीले भने उनले यसपाली आफनो हाकीमलाई पनि दिनु पर्छ भन्दै २० हजार रुपैया वीरगञ्जकै एक स्थानीय व्यक्तीलाई दिन भनेका थिए ।

यस घटनाले के प्रष्ट हुन्छ भने ति व्यापारीले घुमुवा प्रहरीलाई उनले मागेँ जती पैसा दिएको भए निर्वाध रुपमा अवैध रुपमा भन्सार छली गर्थे ।

जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम शाखामा कार्यरत रहदा अवैध असुली गरेको आरोपमा पर्साबाट लखेटिएका प्रहरी जवान जैसवाललाई प्रदेश २ प्रहरी कार्यालयले उपहार स्वरुप घुमुवाको रुपमा खटाउदा अझ मनोबल बढेको यस घटनाबाट बुझन् सकिन्छ ।

तस्कर संगको साठगाठ देखिएपछि एक हप्ता अगाडी जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्चमा कार्यरत प्रहरी जवान विजय यादवलाई ६ महिनाको लागी निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयले आफनै मातहतबाट खटेको घुमुवा प्रहरी टोलीले व्यापारी संग पैसा माँग गर्ने नदिएको खण्डमा माल समान पक्राउ गर्ने यस्ता प्रहरीलाई भने कस्तो कार्यवाही गर्छ त्यो हेर्न बाकी छ ।

error: Content is protected !!