प्रतिबंधित १२ लाख भारू सहित एकजना पक्राउ

बीरगञ्ज। पर्सा प्रहरीले ठुलो मात्रामा प्रतिबंधित भारतीय रूपैया सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

२ हजार दरको प्रतिबन्धित भारतीय रुपैयाँ सहित एक जना भारतीय नागरिक पक्राउ परेका हुन ।

वीरगंज महानगरपालिका वडा नम्बर ८ घण्टाघर स्थितबाट प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरको ६ सय थान गरी १२ लाख भारतीय रुपैयाँसहित भारत हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम पञ्चायत ढोलकवा बस्ने ३२ वर्षीय सुभाष चन्दलाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिनु भयो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले रक्सौलबाट आउँदै गरेको बा ६ च ७४४० नम्बरको कार चेकजाँच गर्ने क्रममा कारमा सवार चन्दको साथबाट उक्त प्रतिबन्धित भारतीय रुपैयाँ फेला परेको थियो ।

चन्दलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसंधान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

error: Content is protected !!