पाचँ किल्लो लागुऔषध गाँजा सहित एकजना पक्राउ

बीरगञ्ज,१५ माघ । अवैध लागुऔषध गाँजा सहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार पुर्वि चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम पञ्चायत सिस्वा सौनाहा वडा नं. २ सिस्वा टोल बस्ने वर्ष २० को जितेन्द्र कुमार यादव रहेका छन ।

ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटीएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा पोखरिया नगरपालिका वडा नं.०५ स्थित सडक खण्डमा सवारी साधनहरू चेकजाच गर्ने क्रममा यादवले चलाई आएको बिआर ०५एई ७६५७ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा निजले बोकेको खैरो रंगको कपडाको झोला भित्र अवैध लागुऔषध गाँजा ५ किल्लो १०० ग्राम फेला परेको ईलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।

लागु औषध गाँजा र मोटरसाईकल सहित यादवलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

error: Content is protected !!