सपा युवा संघको खेलकुद तथा संस्कृति विभागमा यादव र सचिवालयमा शर्मा चयन

बीरगञ्ज,१४ माघ । समाजवादी पार्टी नेपाल युवा संघको खेलकुद तथा संस्कृति बिभागको संयोजकमा सरोज यादव र सचिवालय सदस्यमा प्रकाश शर्मा चयन भएका छन ।

काठमाण्डौमा आज बसेको युवा संघको केन्द्रीय समितीको बैठक बाट सर्वसम्मत रूपले विभागको संयोजकमा यादव र सचिवालय सदस्यमा शर्मालाई चयन गरिएको हो ।

यादव समाजवादी युवा संघको केंद्रीय सचिव हुन भने शर्मा केन्द्रीय सदस्य हुन ।

बैठक बाट छलफल पश्चात अन्य विभिन्न समितीहरूलाई समेत पुर्णता दिईएको खेलकुद तथा संस्कृति बिभागका संयोजक सरोज यादवले जानकारी दिए ।

समाजवादी युवा संघको केन्द्रीय तहमा पुग्न सफल यादव र शर्मा युवा राजनीति र समाजसेवा तथा विभिन्न समाजीक कार्यहरूमा सक्रिय भुमिका निर्वाह गर्ने गरेका छन ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!