वीरगन्ज महानगरको बिकास बारे अर्थमन्त्री  र नगर प्रमुख सरावगी बिच छलफल

वीरगन्ज,माघ १४ । वीरगन्ज महानगरपालिकाको विकासको  बारेमा अर्थमन्त्री डा युवराज खतीवडा र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी विच छलफल भएको छ ।

अर्थमन्त्रालयमा भएको छलफलमा नगर प्रमुख बिजय कुमार सरावगीले महानगरको विपद व्यवस्थापन, वीरगन्जको घन्टाघरको उत्तर तर्फ रहेको यातायातको जग्गामा पार्क निर्माण,सिरिसिया कोरिडोरको लागी आवश्यक बजेट व्यवस्थापन,वसपार्क को दक्षिण तर्फ रहेको नगरवा पोखरीमा पुल एवम पार्क निर्माण योजनाको लागी बजेटको व्यवस्था,ट्रान्पोर्ट नगरको निर्माण  र एडिविको थप भेरिएसन लगायतका ठुला योजनाहरुको बारेमा अर्थमन्त्रीसगं गहण छलफल भएको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय  अधिकृत उमेश बस्नेतले बताउनु भयो ।

वीरगन्ज महानगरपालिकाले त्यारपारेको ठुला तथा महत्वाक्षी योजनाहरुको बारेमा अर्थमन्त्रीसगं गहण छलफल भएको बताउदै प्रमुख प्रशासकिय अधिकृत बस्नेतले महानगरपालिकाको बिकासको बारेमा अर्थमन्त्री धेरै सकात्मक घारणाहरु राख्नु भएको बताउनु भयो ।

उहाले महानगरपालिकाले उठाए विभिन्न विकास योजनाहरुको लागी आउने बजेटमा रकम विनियोजन गर्ने अर्थमन्त्री खतिवडाले आश्वासन व्यक्त गर्नुभयो ।

error: Content is protected !!