सरस्वतीको मुर्ती बनाउन कालीगढलाई भ्याई न भ्याई

श्याम कुशवाहा/बीरगञ्ज,१४ माघ । सरस्वती पुजाको पुर्व सन्धयामा वीरगंज महानगरपालीका भित्र भारतबाट आएका कालीगढहरु यती बेला माता सरस्वतीको मुर्ती बनाएर त्यार पार्न ब्यस्त देखिएका छन ।

यही माघ १६ गते विहीबार परेको वसन्तपञ्चमी अर्थात सरस्वती पुजाका लागी कालीगढहरुलाई माता सरस्वतीको मुर्ती बनाउन भ्याई न भ्याई छ ।

यहां स्थीत रहेका स्कुल, कलेज, कोचिगं सेन्टर तथा टेक्निकल संस्थाहरुमा बढदो मागंलाई मध्यनजर गरी कालीगढहरु मुर्ती बनाउने गरेका छन ।

सरस्वती पुजा आउन दुई महिना बाकी रहदा माटो, पराल,काठ तथा बांसका फाटाहरुबाट मुर्ती बनाउन सुरु गरिन्छ ।

बजारमा पाइने रेडिमेट फोटोको मुर्ती भन्दा माटोबाट निर्मीत यी मुर्तीहरुलाई एउटा आकार दिइए पछि विभिन्न समाग्रीबाट सजावट गरेर पुजाका लागी तयार पारीन्छ भारत बिहार मोतीहारी जिल्ला हरसिद्धि बाट आएका कालीगढ जगदीश पंडितले बताए ।

कालीगढ पंडित विगत २१ वर्षदेखी वीरगंजमा मुर्ती बनाउन आउने गरेका छन ।

हरेक वर्ष सरस्वती पुजाको २ महिना अगाडी वीरगंज आएर मुर्ती बनाउन आवश्यक पर्ने समाग्रीको बन्दोबस्तमा लागी मुर्ती बनाउने गरेका छन ।

दुई महिना मात्र मेहनत गर्दा करीब ४० देखी ५० हजारको लागत लाग्ने र ५० देखी ६० हजार बढी मुनाफा कमाएर पुन आफनो घर भारत फर्किने गरेका छन ।

बजारको मांग अनुसार सानो ठुलो गरी अहिले ६० देखी ७० वटा सम्म मुर्ती बनाएका छन ।

नेपाली युवाहरुमा विदेशको मोह मात्र देखीरहदा आफनै देश भित्र माटोबाट मुर्ती बनाएर लाखौ रुपया विदेशीएको छ ।

विदेशको मोह त्यागेर लाखौ रुपया विदेशीन नदिन आफनै देशमा बसी यस्ता खाले सिपहरु सिकेर मनग्य आम्दानी गर्न सकिन्छ ।

error: Content is protected !!