गौ तस्करी र हत्या नरोकिए देश भरी आन्दोलन : अध्यक्ष पटेल

बीरगञ्ज,१४ माघ । हिन्दू परिषद नेपालले गौ तस्करी र हत्या रोक्न् मांग गर्दै बिरगंजमा प्रदर्शन गरेको छ ।

बीरगञ्जको घण्टाघर देखी सुरु भएको दवाब रैली माइस्थान, महाबीर स्थान,अलखियामठ,घडीअरवा पोखरी हुदै नगर परिक्रमा गरी पुनः घण्टाघरमा आई कोणसभामा परिणत भएको थियो ।

हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलको नेतृत्वमा भएको रैलीमा बिभिन क्रियासिल धार्मिक संघ-संगठनको अगुवाहरु सहभागी भएका थिए।

सभालाई सम्बोधन गर्दै परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेलले केहि माफिया र राजनीतिक दलको आड़मा देशमा गौ तस्करी भइरहेको बताउदै गौ तस्करी नरोकिए देश भरी नै आन्दोलन गर्ने बताए।

बिरगंज क्षेत्र बाट भई रहेको गौ तस्करी बारे पर्साका सम्पूर्ण सुरक्षा निकायका प्रमुख एवं भारतीय दूतावास बिरगंजका जिम्मेवार ब्यक्ति लाई जानकारी गराएको बताउदै भारत बाट गौ ल्याई नेपालको सिमा हुदै पाकिस्तान, बांग्लादेश,भूटान गईरहेको र तस्करी हुदा समेत नेपाल सरकार उदासीन हुदा आश्चर्यजनक भएको बताए।नेपालमा गौ तस्करी हुनु आफैमा लाज्मर्दो बिषय भएको बताउदै यस बिषयले नेपालको नै बेइज्जत गराएको बताए।

नेपालमा गौ तस्करी र हत्या गर्ने ब्यक्ति वा समूह लाई कड़ा कारवाहीको माग पटेलले गरेका थिए।

सभामा नेपाल जोतिष परिषदका केन्द्रिय सह-महासचिव पुरषोतम दुबे,रामराज परिषद नेपालका केन्द्रिय संयोजक धर्मेंद्र पटेल,हिन्दू स्वयम सेवक संघका कृष्णा चौरसिया, हिन्दू परिषद नेपालका केन्द्रिय महासचिव अनिरुद्ध सिंह,केन्द्रिय सदस्य श्रीराम उपाध्याय,संतोष सरार्फ लगायतकाले सभा लाई सम्बोधन गर्दै दोसी लाई कड़ा कारवाही गर्नु पर्ने र नेपाल बाट गौ तस्करी बन्द गर्नु पर्छ भने विषयमा जोड़ दिएका थिए।

रयालीमा हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता,कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु सुरेश साह कानू,भरत सरार्फ,उमेश साह कानू, किरण अग्रवाल, सचितनन्द दुबे,पर्सा जिल्ला सचिव अंशु कुमार,प्रबक्ता नीरा झा,बिरगंज नगर अध्यक्ष प्रमोद सिंह सहित हिन्दूवादी अगुवाहरु डा. अनिल झा,बिष्णु पटेल,अरबिन्द साह,विशेश्वर पटेल,राजू साह तुरहा, राजेश्वर साह कानू, बिनोद साह कानू,अशेस्वर पटेल,कनैया सरार्फ सहित बिभिन धार्मिक संगठनका अगुवाहरुको सहभागिता रहेको थियो।

error: Content is protected !!