एमडी अंसारीको घर अगाडी भेटिएको प्रेसर कुकर बम सेनाद्वारा डिस्पोज

वीरगञ्ज, १३ माघ । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जका मेडिकल डाइरेक्टर बसरुदीन अंसारीको घर अगाडी भेटिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

नेकपाका नेता सेमत रहेका अंसारीको वीरगञ्जको पानीटंकी स्थीत रहेको घर अगाडीको मुल गेट मै आज विहान ७ स् ३० बजे शंकास्पद वस्तु कालो झोलामा रहेको देखएिपछि प्रहरीलाई खबर गरिएको थियो ।

खबर पछि आएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले घटना स्थललाई चारै तिर बाट घेरा हालेर मानिस आवात जावतमा रोक लगाएका थिए ।

श्री चण्डी प्रसाद गण वीरगञ्जबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु प्रेसर कुकर बम भएको र यसलाई डिस्पोज गरिएको बम डिस्पोजमा खटिएका सेनाका अधिकृतले जानकारी दिए ।

विहानै देखी त्रासको बातावरण रहेको पानीटंकीको उक्र एरीया हाल शान्तमय भएको छ ।

error: Content is protected !!