पर्सा क्राईमको ग्रिन सिग्नलमा, ‘वडा प्रहरीको रेड, १६ क्युन्टल छोकडा बरामद

श्याम कुशवाहा/ वीरगञ्ज,०८ माघ । वडा प्रहरी कार्यालय श्रीपरले ठुलो संख्यामा छोकडा बोकेको पिकअप गाडी सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

विषेश सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले ना ५ च ३२४५ नम्बरको महिन्द्रा मैक्सीमो गाडीलाई अवैध माल समान गइरहेको सुचनाको आधारमा पक्राउ गरिएको प्रहरी निरिक्षक दिपक कुमार साहले बताउनुु भयो ।

गाडी पक्राउ भएपछि चालकले भुजा मात्र लोड रहेको बिल देखाएपनि गाडीमा अवैध रुपमा बिल नभएको ठुलो संख्यामा छोकडा समेत भेटिएपछि चालक र सह चालकलाई समेत नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक साहले बताउनु भयो ।

वीरगञ्जको रानीघाट स्थीत रहेको कृष्णा आटा तथा मशाला उद्योग बाट भुजा खरिद गरिएको बिल देखाएर ठुलो संख्या छोकडा लान खोजीएको देखियो प्रहरी निरिक्षक साहले भने, अहिले हामीले गाडी खोलेर हेरिसकेका छैनौ तर गाडीमा छोकडा रहेको आशंका छ भोली विहान खोलेर हेरेपछि सबै कुरा थाहा हुने उनले बताए ।

प्रहरीको आखाँ छल्नलाई बाहीरी रुपमा देखिने गरी पिकअप गाडीको बाहीर तर्फ भुजाको बोरा राखीएको छ भने भित्री भागमा छोकडाको बोरा लुकाएर राखीएको अवस्थामा भेटिएको प्रहरी निरिक्षक साहले बताउनु भयो ।

हाम्रो स्रोतले जनाए अनुसार गाडीमा ३२ वटा बोरामा रहेको १६ क्युन्टल छोकडा ग्रामीण नाका हुदै भारत तर्फ तस्करीका लागी गइरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको ग्रिन सिग्नलमा विगत ७ दिन देखी उक्त पिकअप गाडीमा दैनिक रुपमा मरिच,छोकडा,केराउ जाने गरेको थियो ।

वडा प्रहरी कार्यालयको प्रहरी टोलीले गाडी पक्राउ गरिसकेपछि कार्यालयमा ल्याउन खोजदा गाडीका चालकले हामीले जिल्लालाई सेटिंग मिलाएर काम गरिरहेकोले पर्सा प्रहरीको क्राईम ब्रान्चमा कार्यरत प्रहरी जवान बिजय यादव संग फोनमा कुरो गर्न आग्रह गरेको प्रहरी स्रोतले जनाएको छ ।

क्राईममा कार्यरत प्रहरी जवान यादवले पक्राउ परेका गाडी चालकको फोनमा बारम्बार फोन गरेर छोकडा सहितको गाडी पक्राउ गर्ने वडा प्रहरीको प्रहरी टोली संग आफनो कुरो गराउन पटक पटक आफनो फोन नम्बर ९८०७१३००४१ बाट कल गरेको प्रहरी नियन्त्रणमा रहेको गाडी चालकको फोनबाट डिटेल प्रस्टै देख्न् सकिन्छ ।

यस घटनाले पर्सा क्राईम ब्रान्चको सेटिंगमा तस्करीको लाईन दिइएको प्रष्ट भएको छ । प्रहरी स्रोतले जनाए अनुसार यो तस्करीको सेटिंग गरे बापत पर्सा प्रहरीको क्राईम ब्रान्चले ७ लाख रुपैया लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा छायाँ एसपीको रुपमा चर्चामा रहेका प्रहरी नायव निरिक्षक सई बिदुर सिवाकोटीले तस्क्रहरु संग उक्त रकम बुझेको प्रहरी स्रोतले जनाएको छ ।

हुन्डी कारोबारीहरुलाई पक्राउ गरेर ८ महिनामा १० करोड भन्दा बढी रकम बरामद गरेर वाह वाही कमाई रहेका बेला पर्सा प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरलाई आफनै मातहत रहेको अति सम्वेदनशील मानिने अपराध अनुशनधान शाखा हेर्ने इन्चार्ज सई सिवाकोटीले प्रहरी उपरीक्षक राठौरको आखाँ पछाडी लामो समय देखी पर्सामा तस्करी धन्दालाई बढावा दिएको यस घटनाबाट पुष्टी हुन्छ ।

तस्कर संग साठगाठ देखीएका यस्ता प्रहरीहरुलाई तत्काल कार्यवाही गर्न जरुरी देखीएको छ ।

error: Content is protected !!