भन्सार स्थित पुरानो गोदाममा भएको आगलागी नियन्त्रणमा

वीरगंज,०७ माघ । वीरगंज भन्सार कार्यालय को यार्ड भित्र रहेको पुरानो गोदाममा भएको आगलागी पुर्णरूपमा नियन्त्रणमा आएको भन्सार स्थित रहेको सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार गस्ती सुरक्षा गुल्मले जनाएको छ ।

विधुत सर्ट भई साझ ७:३५ मा सुरू भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी,भन्सार कर्मचारी र वारूण यन्त्रको सहयोगमा ८:५० बजे आगलागी नियन्त्रणमा आएको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

आगलागी नियन्त्रणका लागी आएको वीरगंज महानगरपालिकाको २, जीतपुर सिमरा उप-महानगरपालीकाको १ वटा,कलैया उप-महानगरपालिकाको १ वटा र पोखरीया नगरपालिकाको १ वटा दमकलले आगलागी नियन्त्रण भएको थियो ।

पुरानो गोदाम घर भएकोले जनधन तथा मानवीय क्षति नभएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिनु भयो ।

error: Content is protected !!