डिआईजीको नाममा रकम उठयो ! बुढगाई र मिर्जापुर गिट्टी-बालुवा तस्करीका लागी खुल्ला

वीरगञ्ज,५ माघ । जिल्ला प्रहरी कार्यालय पर्सामा मोटो नजराना चढाएर असुली हुने ठाउँ रोजेर पर्साको ग्रामीण सिमा नाकामा पुगेका दुईजना असईले तस्करीलाई बढावा दिएर लखनउ लुट मचाएका छन ।

तस्करी कारण पटक पटक विवादीत बन्दै आएको प्रहरी चौकी बुढगाई र मिर्जापुरलाई तस्करीको अखडा बनाएर पर्सा जिल्लामै ईतिहास रच्ने दाउँमा छन प्रहरी चौकी बुढगाईका ईन्चार्ज प्रहरी सहायक निरिक्षक मोहन आले र प्रहरी चौकी मिर्जापुरका ईन्चार्ज प्र्रहरी सहायक निरिक्षक हरिशंकर पण्डित ।

केही महिना अगाडी मात्र गिट्टी(बालुवा तस्करी गराएर व्यापारी संग मोटो रकम असुली गरेको गुनासो बढेपछि तत्कालीन पर्साका प्रहरी उपरीक्षक रहेका रेवती ढकालले बुढगाई चौकीका तत्कालीन र्ईन्चार्ज प्रहरी सहायक निरिक्षक प्रमोद कुमार साहलाई निलम्बन नै गरेका थिए भने मिर्जापुरलाई सचेत गराएका थिए ।

तस्करीका कारण पटक पटक यी दुई नाकाहरु बदनाम भएर ईन्चार्ज कार्वाहीमा पर्दा समेत हाल यी दुई नाकामा गएका प्रहरी ईन्चार्जहरु पनि तस्करीलाई नियन्त्रण गर्नुको साटो तस्करी कार्यलाई मलजल गरिरहेको प्रहरी स्रोतले नै जनायो ।

वीरगञ्जबाट गाडीमा यी दुई नाका सम्म पुग्नलाई २ घण्टा भन्दा बढी समय लाग्ने भएकोले जिल्ला प्रहरी कार्यालय पर्साबाट पनि कमै मात्रामा अनुगमनमा प्रहरी टोली जानेको गरेको छ ।

माथीलो निकाय सम्म मोटो नजराना बुझाईएकाले यता प्रहरीका गाडीहरु हतपत आउदैनन एक स्थानीयले भने यदी रातीको समयमा प्रहरीका गाडीहरु आयो भने यस नाकाको वास्तविक्ता छताछुल्ल हुने स्थानीय बताउछन ।

सिमा रक्षामा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कमाण्डरहरुले स्थानीय व्यापारीहरु संग हाथेमालो गरेकाले बुढगाई र मिर्जापुर नाका भएर गिट्टी-बालुवाको तस्करी गर्न रात भरी छुट दिइएको छ ।

दुई दिन अगाडी राती मात्र मिर्जापुर नाका भएर नेपाली गिट्टी-बालुवा बोकेको १७ वटा ट्रयाक्टर र बुढगाई नाका भएर ३० वटा ट्रयाक्टर भारत तर्फ तस्करीका माध्यमले गएको स्थानीयले बताए ।

यी दुवै स्थानीय प्रहरी चौकीले गिट्टी-बालुवाको तस्करी बापत जिल्लाको नाममा तथा प्रदेशका डिआईजी प्रध्युम्न कार्कीको नाममा समेत रकम उठाएको र सशस्त्र प्रहरीको विओपीले प्रदेशका डिआईजी राजु अर्यालको नाममा रकम असुलेको नाम नछाप्ने सर्तमा एक व्यापारीले बताए ।

तस्करीका कारण बेला बखत चर्चामा रहदै आएको पर्सा जिल्लालाई तस्करीमा कडाई गर्न केही महिना अगाडी सम्म प्रदेशबाट खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका विषेश टोलीहरुका कारण डर त्रासमा रहेका तस्कर समुहहरु यती खेर निर्वाधरुपमा तस्करी गरिरहेकाले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरु पर्साको सवालमा आखाँ चिम्लीएका हुन कि भनेर आशंका गर्न थालीएको छ ।

error: Content is protected !!