समाजवादीको संगठन बिस्तार तथा सुदृढ़ीकरण पर्सामा पनी सुरू

वीरगंज। समाजवादी पार्टी पर्साले आज देखी संगठन बिस्तार तथा सुदृढीकरण अभियान सुरु गरेकाे छ ।

केन्द्रिय समितिकाे निर्णय अनुसार माघ ३ गते देखी ३ महिनाको लागी पार्टीकाे संगठन बिस्तार तथा सुदृढीकरण अभियान (बिसु) देशको सातै प्रदेशबाट शुक्रबार देखी एक कार्यक्रमका बिच सुभारम्भ भएको थियो ।

सोही अभियान अन्तर्गत  पर्सामा समेत सुरु गरिएकाे समाजवादी पार्टीका पर्सा सचिव तबरेज अहमदले जानकारी दिनु भयो ।

अभियान अन्तर्गत बिरगंज महानगरपालिकाको वडा नं. १७ मा धर्मदेव प्रसाद यादवको अध्यक्षतामा २१ सदस्यीय नगर एकाइ समिति समायोजन घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

समितिको घोषणा जिल्ला सचिव अहमदले गरेका थिए भने नवनिर्वाचित समितिको पदाधिकारी एवं सदस्यहरुलाई जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले पद तथा गोपिनियताको सपत ग्रहण गराएका थिए ।

जिल्ला वरिष्ठ सदस्य सुन्दर कुर्मीले अभियानको उदेश्य र समायोजन बारे प्रष्ट पारेका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सांसद करिमा बेगमले संगठन नदिको पानी जस्तो गतिशील हुनुपर्ने बताइन ।

सोको लागी सम्पुर्ण पार्टी पंक्ति सयुक्त प्रयास पनि गर्नुपर्ने नेता कार्यकर्तालाई निर्देशन समेत दिइन ।

धर्मदेव प्रसाद यादवको अध्यक्षतामा भएकाे कार्यक्रममा बोल्दै महानगर कामिटी अध्यक्ष इश्वर यादवले पार्टी गतिविधि बिपरित कार्यगर्ने जो कोहिलाई पार्टीले कार्वाही गर्ने वताए ।

कार्यक्रममा पार्टी जिल्ला सदस्य बिरेन्द्र प्रसाद यादव, बिद्यार्थी नेता जाहिद प्रबेज लगायातको नेता कार्यकर्ताहरुकाे उल्लेखनीय उपस्थिति रहेको थियो ।

error: Content is protected !!