नेपाली डाक्टरहरुको पीडा ः डा. सिंह

वीरगंज । नेपाली चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले यो माघमा नयाँ नेतृत्वसहितको नयाँ टिम पाउँदै छ ।

यो साझा संस्थाले देशभरका चिकित्सकका समस्यालाई साझा समस्याको रुपमा लिँदै समस्या समाधान गर्न लाग्नु जरुरी छ । र त्यसैका लागि म यो संघको सहसचिवका लागि उम्मेदवार बनेको छु ।

चिकित्सकहरुको साझा मुद्धालाई उठाएर चिकित्सकका समस्या निराकरण गरी शशक्त रुपमा उभ्याउन सँधै मेरो भूमिका रहन्छ । चाहे त्यसका लागि आफू नै मेटिन किन नपरोस ।

यो साझा संस्थामा मैले सहसचिवका लागि उम्मेदवारी दिँदै गर्दा मेरो उम्मेदवारी किन भन्ने प्रश्न उठ्नु स्वभाविक हो । मैले मेरो कार्यकालमा निम्न कुरालाई मुख्य प्राथमिकतामा राखेको छु ।

नेपालका सबैजसो दलका राजनीतिज्ञहरुले चिकित्सकलाई बधुवा मजदुर जस्तै गरी हेर्ने गरेको मैले अनुभव गरेको छु । यो मेरो मात्रै अनुभव नभई समग्र देशै भरका चिकित्सकहरुको अनुभव हो भन्ने ठानेको छु । अब यसलाई परिवर्तन गर्नु जरुरी भइसकेको छ ।

चिकित्सा क्षेत्रमा एमबीबीएस (ःद्यद्यक्) अर्थात स्नातक(द्यबअजभयिच ीभखभ)ि पूरा गर्न ५ वर्षको समय लाग्छ । तर यो क्षेत्रभन्दा भिन्न क्षेत्रको स्नातक (द्यबअजभयिच ीभखभ)ि भने ३ वर्षमै सम्पन्न हुने गरेको तपाई हामीलाई जानकारी भएकै विषय हो । एउटै लेभलको पढाईमा किन समयान्तर फरक ? यो मात्रै होइन । एमबीबीएस (ःद्यद्यक्) अध्ययन सकेर काम गर्ने समयमा पनि रात्रिकालिन ड्युटीको बोझ अझ भनिसाध्य छैन ।

एउटा निजामती कर्मचारीसँगै तुलना गर्ने हो भने पनि उसले दिउँसोको ड्युटीमात्रै गर्छ तर चिकित्सक जहिल्यै पनि तत्पर रहनु पर्छ । चाहे रात, चाहे दिन ।
यस्तै एमबीबीएस (ःद्यद्यक्) अर्थात चिकित्सा क्षेत्रको स्नातक तहको अध्ययनका लागि लाग्ने खर्च अन्य क्षेत्रको भन्दा कयाँै गुणा बढी छ । एउटै तहको शिक्षाका लागि यस्तो फरक आर्थिक भार किन ?

मेडिकल शिक्षाको लागि सरकारले महंगो शुल्क नै निर्धारण गरिदिएको छ । पढाउँदा महंगो (मुनाफामुखी) तर काम गराउँदा भने सेवामुखी (तलब भत्ता र अन्य सुविधा न्यून) गराइनु उपयुक्त छैन ।

चिकित्सकलाई सरकारले नै न्यून पारिश्रमिक दिने गरेको छ । सरकारले नै न्यून पारिश्रमिक दिँदा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सस्थाहरुले पनि चिकित्सकहरुलाई त्यसै गरी न्यून पारिश्रमिकमा नै काम लगाउने गरेका छन् ।

चिकित्सकलाई रात्रि सेवामा काम गराउँदा वा विदाको दिन काम गराउँदा अन्तर्राष्ट्रिय क्षेत्रमा छुट्टै सेवा सुविधा उपलब्ध गराइने गरिएको छ । तर नेपालमा भने चिकित्सकहरु यस्तो सेवा सुविधाबाट बञ्चित छन् ।

विश्वका अधिकांस देशले चिकित्सकहरुको कार्यअवधि अनुसार सहुलिय दिने गरेको छ । यस्तो सहुलियत हामीले कहिल्यै पाएका छैनौँ ।

ड्युटीमा रहेको चिकित्सकको सुरक्षा गर्नु राज्यको मुख्य दायित्व हो । ड्युटीमा रहेको चिकित्सक र सीमा सुरक्षार्थ खटिएका सैनिक एक हुन् । त्यसैले चिकित्सकलाई राज्य संयन्त्रले उचित सुरक्षा प्रवन्ध गराउनु पर्छ ।

चिकित्सकमाथिको हातपात तथा स्वास्थ्य सस्थामाथिको तोडफोडको तथ्यांक हेर्ने हो भने नेपाल दक्षिण एशियाकै अग्रपंतिमा पर्छ । यसको मतलब भनेकै चिकित्सा क्षेत्रमा राज्यले दिनु पर्ने सुरक्षा फितलो हुनु हो ।

चिकित्सक आफैँ असुरक्षित बनेर सेवा दिनु पर्दा गुणस्तर कस्तो होला आफैँ अनुमान गर्न सकिन्छ । यस तर्फ हामीले निरन्तर आवाज उठाउँदै आएको भए पनि राज्यले उपेक्षा गरिरहँदा चिकित्सा क्षेत्र नै धरासायी बन्दै गइरहेको छ ।

अहिले सरकारले आधुनिक चिकित्सा पद्धतीबाट सेवा प्रदान गर्न धेरै गर्नै पर्दैन । भएका पुराना सरकारी अस्पतालहरुलाई नै पोष्ट ग्राजुएट इन्स्टिच्युट (उयकत नचबमगबतभ ष्लकतष्तगतभ) मा परिवर्तन गर्नु जरुरी छ ।

यो हुन सके सेवा पनि आधुनिक हुने र गरिब जनताहरुले पनि निजी स्वास्थ्य संस्थामा गएर महंगो उपचार सेवा लिन पर्ने बाध्यता अन्त्य गर्न सकिन्छ ।

यस्तै सरकारी स्वास्थ्य संस्थाहरुमा पोष्ट ग्राजुएट इन्स्टिच्युट (उयकत नचबमगबतभ ष्लकतष्तगतभ) खोल्दा हाम्रा जुनियर चिकित्सकहरुले सस्तोमा गुणस्तरीय पीजी लेभलको शिक्षा प्राप्त गर्ने अवसर पनि प्राप्त हुन्छ ।

अहिले देशैभर रहेका सरकारी स्वास्थ्य सस्थाहरु कोशी अस्पताल, भरतपुर अस्पताल, नारायणी अस्पताल, जनकपुर अस्पताल, नेपालगंज अस्पताल, लुुम्बिनी अस्पताल र अरु धेरै यस्ता अस्पतालहरुमा दैनिक हजारौँ ओपीडी बिरामीहरु उपचारका लागि आउने गर्छन ।

ती सस्थाहरुलाई पोष्ट ग्राजुएट इन्स्टिच्युट(उयकत नचबमगबतभ ष्लकतष्तगतभ) मा परिवर्तन गर्दा बिरामीहरुले पनि सुपथ मूल्यमा उपचार पाउने र जुनियर चिकित्सकहरुले पनि देशमै पढ्ने मौका पाउने थिए । यसबाट उच्च शिक्षाका लागि विदेश बाहिरिने ठूलो रकम बच्ने थियो ।

निजी स्वास्थ्य संस्थालाई सरकारले हेल्थ टुरिजमको अवधारणा अनुरुप प्रवद्धन गर्नु उचित देखिन्छ । अहिले सरकारले नै भ्रमण वर्ष २०२० भब्य रुपमा मनाईरहँदा टुरिजम हेल्थको रुपमा निजी स्वास्थ्य सस्थालाई अघि बढाउन सके विश्वका अरु देशका बिरामीहरुलाई उपचारका लागि भित्र्याएर देशले आर्थिक लाभ लिन सक्छ ।

नेपाली चिकित्सकको बेथा आफ्नै छन् । चिकित्सक स्वंम बिरामी पर्दा आफ्नै उपचारका लागि लाग्ने खर्च पनि व्यवस्था गर्न नसक्ने अवस्था छ । खर्च जुटाउन नसक्दा चिकित्सक आफैँले ज्यान गुमाउनु परेको छ ।

चिकित्सक आफैँ आफ्नो उपचार गराउन खर्च व्यवस्थापन गर्न सक्ने अवस्था नरहँदा त्यसका लागि अब नेपालका सबै स्वास्थ्य सस्थाले चिकित्सकको उपचार निशुल्क गराउने व्यवस्था गर्नु पर्छ ।

अन्त्यमा, चुनावी मैदानमा उत्रँदा परिणाम जे पनि आउन सक्छ । चाहे म विजय या पराजय जे भए पनि माथि उल्लेखित मुद्धाहरु समग्र नेपाली चिकित्सकको साझा मुद्धा हो र हुनु पर्छ ।

चिकित्सकको यो साझा मुद्धा समाधानमा मेरो सँधै अडान रहिरन्छ । यो म एक्लैको मुद्धा नभई सबैले साझा मुद्धा बनाएर अघि बढे मात्रै समग्र चिकित्सकको भलाई हुने छ भन्ने मलाई लाग्छ ।

डा.निरज सिंहसँग गरिएको कुराकानीमा आधारित ।

error: Content is protected !!