सशस्त्रका डिआईजी निरीक्षणबाट फर्किए कै राती देखी गिट्टी-बालुवाको तस्करी तिब्र

बीरगञ्ज,०३ माघ । सशस्त्र प्रहरी बल नेपाल प्रदेश नम्बर २ का प्रमुख सशस्त्र प्रहरी नायव माहानिरीक्षक डिआईजी राजु अर्यालले पर्साको भिष्वा सिमा नाकाको अवस्था बारे अनुगमन तथा निरिक्षण गरेका छन ।

खुला सिमा नाकाको कारण ग्रामीण क्षेत्रहरुबाट भन्सार चोरी पैठारीमा वृद्धी भएको गुनासो आएपछि डिआईजी अर्यालले विहिबार पर्साको दोस्रो सदरमुकामको रुपमा रहेको भिष्वा सिमा क्षेत्रको स्थलगत निरिक्षण गरेका थिए ।

ग्रामीण नाकाहरुबाट खुला सिमाका कारण भन्सार चोरी तस्करी बढेको समाचार आईरहेका बेला डिआईजी अर्यालले सिमा नाका क्षेत्रहरुको निरिक्षण गरेर अवैध गतिबिधि तथा भन्सार चोरी पैठारी गर्नेहरुलाई कडाई गर्न मातहतका प्रहरी युनिटहरुलाई निर्देशन दिएका थिए ।

तर विडम्बना डिआईजी अर्यालको आगमनको समय लाई मध्य नजर गरि रोकीएको तस्करी डिआईजी अयार्ल फर्केको ८ घण्टा नबित्दै पुन तस्करी सुचारु भएको खबर प्राप्त भएको छ ।

सशस्त्रका डिआईजीको आदेशलाई धज्जी उडाउदै विहिबार राती मात्र बुढगाई नाकाबाट ३० वटा गिट्टी र बालुवा बोकेको ट्रयाक्टर तस्करीका माध्यमले भारत तर्फ पुर्याइएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

स्थानीय प्र्रहरी चौकी बुढगाई र सशस्त्र प्रहरीको सहयोगमा डिआईजी साहेब फर्केपछि रात भरीमा कम्तीमा ३० औ ट्रयाक्टर भन्दा बढी गिट्टी बालुवा बोकेको ट्रयाक्टर सिमावर्ती भारतीय गाउ तर्फ गएको स्थानीयले बताए ।

यो नाका भएर दैनिक रुपमा २० देखी ३० वटा गिट्टी बालुवा बोकेको ट्रयाक्टर जाने गरेको स्थानीय बताउछन । नेपाली गिट्टी बालुवाको एउटा ट्रयाक्टर भारत तर्फ पुर्याए बापत स्थानीय प्रहरी चौकी बुढगाईलाई ५ सय भारु र सशस्त्र प्रहरीलाई ५ सय भारु दिने गरेको नाम नछाप्ने सर्तमा एक व्यापारीले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आएको केही दिन मै छायाँ एसपीका रुपमा जिल्ला चलाई रहेका एकजना सईको आशिर्वादले राम्रै असुली हुने ठाउमा पठाइएका प्रहरी सहायक निरिक्षक मोहन आलेले प्रहरी चौकी बुढगाईमा लखनउ लुट मचाएको प्रहरी भित्रै चर्चा भइरहेको छ ।

बुढगाई नाका भएर यती खेर धान भित्र लुकाएर कपडाको समेत तस्करी भइरहेको स्थानीय व्यवसायी बताउछन । भारत बाट धान भनेर ल्याएको ट्रयाक्टरमा तल पटि कपडाको पोका र माथी माथी धानको तस्करी भइरहेको स्रोतले जनायो ।

तत्कालीन सशस्त्र प्रहरी बल नेपाल प्रदेश नम्बर २ का प्रमुख डिआईजी प्रविन श्रेष्ठले भिष्वाबाट बीरगञ्ज तर्फ आउदै गरेको धान बोकेको ट्रयाक्टरबाट ५० औ लाख मुल्य बराबरको भन्सार छलीको लत्ता कपडा बरामद गरेका थिए ।

error: Content is protected !!