प्रदेश दुईमा छोरी शिक्षा बीमा सप्ताह सुरू

वीरगंज । प्रदेश नम्बर दुईमा मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छोरी शिक्षा बीमा सप्ताह बिहिबारबाट सुरु भएको छ ।

आठ वटै जिल्लामा एकैसाथ कार्यक्रम शुरु हुन लागेको प्रदेश सरकारले जनाएको हो ।

प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले विरगञ्जको त्रिजुद्ध माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्नु भएको थियो ।

त्यसैगरी बाराको सिद्धेश्वर मावि कलैया, रौतहटको बाल मन्दिर गौर, सर्लाहीको ईश्वरपुर नगरपालिकाको कार्यालय, महोत्तरीको लचमु मावि जलेश्वर, धनुषाको लक्ष्मिनिया गाउँपालिकाको कार्यालय, सिरहाको कल्याणपुर नगरपालिका र सप्तरीको बोदेबरसाइन चन्द्र माविबाट एकैसाथ अभियान शुरु हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

अभियान अन्तरगत एक महिनासम्म गाउँपालिकामा १ दिन, नगरपालिकामा २ दिन, उपमहानगरमा ३ दिन र महानगरमा ४ दिन शिविर सञ्चालन हुने मुख्यमन्त्री लालबाबु राउतले बताउनुभयो ।

यसैबीच, प्रदेश २ मा छोरीको बीमा गराउने अभिभावकले तीन महिनासम्म निःशुल्क इन्टरनेट पाउने भएका छन् ।

प्रदेश सरकारले छोरीको बीमा गराउने अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट प्रदान गर्ने घोषणा गरेको थियो ।

२०७५ साल माघ यता जन्मिएका हरेक छोरीको बीमा गराउने बताएको प्रदेश सरकारले ती बालिकाको अभिभावकलाई इन्टरनेट पनि दिने जनाएको थियो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!