सशस्त्र प्रहरीको सक्रियता : प्रतिबंधित ५ लाख भारू सहित एकजना पक्राउ

बीरगञ्ज,२ माघ । बीरगञ्ज बाट सशस्त्र प्रहरीले प्रतिबंधित पाचँ लाख भारतीय रूपैया सहित एकजना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला पुर्वी चम्पारण थाना कोटवा ६ बस्ने वर्ष २५ का सचिन भास्कर रहेका छन ।

सशस्त्र प्रहरी बल नेपाल नं. १४ हेडक्वार्टर राजश्व भन्सार गस्ती सुरक्षा गुल्मबाट खटिएको डिउटी टोलीले चेकजाचका क्रममा सिमावर्ती भारतीय शहर रक्सौल बाट बीरगञ्ज तर्फ आईरहेका भास्करले झोला भित्र लुकाएर ल्याएको पाचँ लाख १७ हजार भारतीय रूपैया सहित पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

पाचँ सय दरका १ हजार ४ थान, २ सय दरका ५३ थान र १ सय दरका ४८ थान गरी जम्मा भारतीय रूपैया ५ लाख १७ हजार बरामद गरीएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिनु भयो ।

बरामद रुपैयाँ सहित भास्करलाई आवश्यक अनुसन्धान तथा कार्बाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

error: Content is protected !!