लागुऔषध प्रयोग रोकथामका लागी सबैको सहयोग आवश्यक- प्रहरी महानिरिक्षक खनाल

बीरगञ्ज,२ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भारत संगको खुला सिमाको कारण लागुऔषधको प्रयोग तथा ओसार पसारमा वृद्धि भएको बताउनु भएको छ ।

लागु औषध प्रयोगको रोकथाम र नियन्त्रणका लागी वीरगंजमा स्थापित कानुनी तथा मनोसमाजिक निशुल्क परामर्श केन्द्रको आज एक कार्यक्रमका विच उद्घाटन गर्दै महानिरिक्षक खनालले लागु औषधको प्रयोग र कारोबार बढदै गएको अवस्थामा सिमा क्षेत्रमा स्थापना गरिएको यस केन्द्र बाट लागु औषधको नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो ।

महानिरीक्षक खनालले समुदायको सहयोग विना प्रहरीको एकलो प्रयासले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा सम्भव नहुने बताउनु भयो।

नेपाल प्रहरी र वीरगंज महानगरपालिकाको सहकार्यमा वीरगंजको वडा नम्बर ६ मा आयोजित सो कार्यक्रममा नगर प्रमुख विजय सरावगीले युवा पुस्ताहरुमा लागुपदार्थ सेवनको कुलत बढै गएकोमा चिन्ता व्यक्त गर्दै कारोबार तथा ओसारपसार नियन्त्रणका लागी प्रहरी समुदाय र महानगरको सामुहिक प्रयासको जरुरी रहेकोमा जोड दिनु भयो।

कार्यक्रममा पर्साका निमित प्रमुख जिल्ला अधिकारी ललित बस्नेत, बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नारायणी अस्पतालका डा. आकाश मिश्र लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

error: Content is protected !!