सशस्त्र प्रहरीद्वारा भन्सार छलीका २ लाखको समान बरामद

बीरगञ्ज,०२ माघ । बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाईपास ईलाका बाट सशस्त्र प्रहरीले भन्सार छलीका विभिन्न समानहरू बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.१४ हेडक्वाटर राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्मबाट गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीको कमाण्डमा खटिएको गाडी मोबाइल टोलीले अवैध रूपमा भन्सार छली भित्रयाईएको करिब दुई लाख मुल्यका विभिन्न समानहरू नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

बरामद समानहरूमा लत्ता कपडा, जुत्ता, चप्पल, ईलेक्ट्रिक सामान, भाडा वर्तन लगाएत रहेका छन ।

बरामद गरिएका समानहरूलाई थप आवश्यक कार्यवाहीका लागी बीरगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

error: Content is protected !!