पर्यटक आकर्षित गर्दै ठोरी हाती तथा जिप सफारी महोत्सव आज सम्पन्न हुदै

बीरगञ्ज,२९ पुष । ठोरीमा हाती तथा जिप सफारी महोत्सव आज सम्पन हुँदै छ ।

शुक्रवार देखि सुरू भएको महोत्सवले ठोरी गाउपालिका ५ सुवर्णपुरको गढुवालाईनबाट हाती तथा जिपमा जंगल सफारी गर्न प्रयटकहरूलाई आकर्षण गरेको छ ।

पर्यटकहरूलाई गढुवा लाईनबाट रामभौरी भाठाको दुधेश्वरनाथ मन्दीर पुगेर जंगल भ्रमण गराईदै छ ।

बाँस वस्नेका लागि सुवर्णपुरको होमस्टेले उतम प्रबन्ध गरेको गाउपालिका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिनु भयो ।

महोत्सवले सुवर्णपुरबाट हाती तथा जिप सफारी गर्न आन्तरिक तथा सिमावर्ती बिहार र उतरप्रदेशका पयर्टकहरू आकर्षित गरेको समेत उहाले बताउनु भयो ।

स्थानिय प्रयर्टन प्रबधर्न को विकाशका लागि गाउपालिकाको आयोजनमा ५ दिन सम्म चलेको महोत्सवमा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुती , देवा थापा लगायत प्रख्यात नेपाली तथा भारतिय पहलवान बीच कुस्ती प्रतियोगिता, स्थानिय संस्कृती झलकिने विभिन्न कार्यक्रम, खानपान, र पहिरन प्रस्तुत भएको हो ।

सुवर्णपुरमा आन्तरिक तथा बाहृय प्रर्यटक भित्र्याउन आउदा दिनमा पनि यस्ता कार्यक्रमलाई गाउपालिकाले निरंतरता दिने अध्यक्ष पिएल श्रेष्ठले बताउनु भयो ।

error: Content is protected !!