असईले गिट्टी-बालुवाको तस्करी गराए,इन्सपेक्टरले व्यापारी झिकाए

बीरगञ्ज,२७ पुष । भारत संग सिमा जोडिएको पर्साको सिमावर्ती ग्रामीण नाकाहरुबाट गिट्टी र बालुवाको तस्करी तिब्र रुपमा भइरहेको समाचार प्राप्त हुन आएको छ ।

पर्साको छिपहरमाई गाउपालीकाको बुडगाई र मिर्जापुर नाका प्रयोग गरेर स्थानीय केही व्यापारीहरुले नेपालको गिट्टी र बालुवा भारत तर्फ निर्वाध रुपमा तस्करीका माध्यमले पुर्याइरहेको स्थानीयले बताएका छन ।

स्थानीय व्यापारीहरुले स्थानीय प्रहरीको मिलोमतोमा गिट्टी र बालुवा भारत तर्फ पुर्याइरहेको सुचना पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत समक्ष समेत पुगेको प्रहरी स्रोतले जनाएको छ ।

खोला बाट गिट्टी र बालुवा ल्याएर दिउसो तिर गाउमै राखीन्छ र रात परेपछि प्रहरी सहयोगमा भारत तर्फ जाने गरेको नाम नछाप्ने सर्तमा एक स्थानीयले जानकारी दिए ।

मिर्जापुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक हरिशंकर पंणित र बुढगाई प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरिक्षक मोहन कुमार आलेले स्थानीय व्यापारीहरुलाई गिट्टी र बालुवाको लाईन दिएपछि यी दुवै नाका भएर दैनिक १० वटा गिट्टी र बालुवाको ट्रयाक्टर प्रहरी सहयोगमा भारत तर्फ गइरहेको छ ।

आफनो मातहतको सिमा नाका प्रयोग गरेर गिट्टी र बालुवा भारत तर्फ तस्करी भइरहेको सुचना पाएपछि इलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख प्रहरी निरिक्षक चन्द्र सिंहले गएको १७ गते अंग्रेजी नयाँ वर्षको भोली पल्ट विहिबारका दिन गिट्टी र बालुवाको व्यापार गर्ने केही व्यापारीहरुलाई कार्यालयमा झिकाएर भेटघाट गरेको प्रहरी स्रोतले जनायो ।

हामीले सिमा प्रहरी चौकी मिर्जापुरलाई गिट्टी र बालुवा भारत पुर्याए बापत दैनिक रुपमा प्रति ट्रयाक्टर ५ सय रुपैया भारु दिने गरेका छौ र गएको तिन दिनमा मात्र उनलाई ६० वटा गिट्टी र बालुवाको ट्रयाक्टर भारत तर्फ पुर्याए बापत ३० हजार भारतीय रुपैया दिएको भएपनि हामीले इन्सपेक्टर साहेबले बेकारमा किन बोलाउनु भयो थाहा भएन प्रहरी निरिक्षक सिंहलाई भेटन् गएका एक व्यापारीले नाम नछाप्ने सर्तमा बताए ।

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक सिंहलाई भेटन् गएका केही व्यापारीहरुलाई गिट्टी र बालुवाको भारत तर्फको कारोबार नगर्न लिखित रुपमै कागज गराइयो भने केही व्यापारीहरुलाई गिट्टी र बालुवाको काम गर्न छुट दिइएको एक व्यापारीले नाम नछापदिनु होला भन्दै बताए ।

केही दिन अघी मात्र लालपर्सा बाट स्थानीय किसानहरुले बिक्रिका लागी बीरगञ्ज तर्फ ल्याउदै गरेको ६ वटा बालुवा बोकेको ट्रयाक्टर भारत तर्फ तस्करी भइरहेको भनेर प्रहरीले पक्राउ गरेर भन्सार बुझायो तर ग्रामीण नाकाहरुबाट खुलेयाम रुपमा गिट्टी र बालुवाको तस्करी भइरहदा पनि जिल्ला प्रहरी कार्यालय पर्सा कानमा तेल हालेर बसेझै गरेको देख्दा गिट्टी र बालुवाको तस्करी बापतको रकम माथीलो निकाय सम्म पुग्ने गरेको छ की भनेर विभिन्न खाले शंका उपशंका सिर्जना हुन थालेको छ ।

error: Content is protected !!