सवारी चालकलाई ट्राफीकको एक घण्टे क्लास,‘दुर्घटना घटाऔँ,मान्छे बचाऔँ’

बीरगञ्ज,२७ पुष । दिन प्रतिदिन बढदो ट्राफीक नियम उल्लघंन तथा सडक दुर्घटनामा कमी ल्याउन जिल्ला ट्राफीक प्रहरी कार्यालय पर्साले अटोरिक्साका चालकहरुलाई ट्राफीक नियम बारे जानकारी गराएको छ ।

ट्राफीक प्रहरीले बीरगञ्जमा सञ्चालनमा रहेको सयौ अटो रिक्साका चालकहरुलाई ट्राफीक नियम सम्बन्धी बारे जानकारी दिन एक घण्टे क्लास लिएको हो ।

ट्राफीक प्रहरी सहायक निरिक्षक किरण कार्कीले सयौ सवारी चालकहरुलाई स्थानीय भोजपुरी भाषामै ट्राफीक नियम बारे जानकारी दिए ।

प्रदेश २ ट्राफीक प्रहरी प्रमुख ट्राफीक प्रहरी उपरीक्षक श्याम कुमार महतोले प्रदेश २ का आठ वटै जिल्लामा रहेका ट्राफीक प्रहरी युनिटहरुलाई ट्राफीक नियम उल्लघंन तथा दुर्घटनामा कमी ल्याउन अभियाननै चलाएर ट्राफीक जनचेतना जगाउन दिएको निर्देशन पछि पर्सा ट्राफीकले विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।

ट्राफीक नियम उल्लघंनका घटना दैनिक रुपमा बढीरहेको पाइएकोले आम सर्वसाधारण तथा सवारीका चालकहरुलाई ट्राफीक नियम बारे जागरुक गराउन विभिन्न कार्यक्रम संचालनमा ल्याइएको ट्राफीक प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिनु भयो ।

गएको आर्थीक वर्ष भन्दा पनि यस वर्ष ट्राफीक दुर्घटनामा वृद्धी भएकोले दुर्घटनामा कमी ल्याउन तथा ट्राफीक नियम बारे जानकारी दिन सवारीका चालकहरुलाई बढी टारगेट गरेर क्लासहरु लिने तथा सचेत गराउने कार्य भइरहेको प्रहरी उपरीक्षक महतोले बताउनु भयो ।

error: Content is protected !!