जिपी कोईराला प्रथम प्रदेश स्तरिय गोल्ड कप माघ १८ देखी हुने

वीरगंज । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले जी पी प्रथम प्रदेश स्तरिय गोल्ड कपको समितिहरुको चयन गरेको छ ।

आज बसेको बैठकले माघ १८ गते देखि प्रदेश स्तरिय हुने गोल्ड कपका लागि गिरिजा प्रसाद कोईराला फाउण्डेशनले आज खेलकुद समिति तथा उप समितिहरुको गठन गरेको हो ।

जिपी फाउण्डेशन पर्साका सभापति मोहम्मद शहाबुद्दिनको अध्यक्षतामा बसेको बैठकले जी पी प्रथम गोल्ड कपका विभिन्न उप समितिहरुको गठन भएको फाउण्डेशनका सदस्य धिरज गुप्ताले जनाएका छन ।

फाउण्डेशनले ५० सदस्यीय मुल समितिको चयन गरेको छ । ९ उप समितिले सम्र्पुण गतिविधि तथा व्यवस्थापन मिलाउने र्निणय गरेको मुल समितिका अध्यक्ष मोहम्मद शहाबुद्दिनले जनाए ।

आज बसेको बैठकले पुरस्कार तथा अतिथि सत्कार समितिमा मिंटु देवि सिंह ,मञ्च तथा ग्राउण्ड व्यवस्थापन समिति धिरज कुमार गुप्ता , र्अथ समितिमा मनोज राउत कुर्मी ,प्रचार प्रसार समितिमा शेखर छतकुलि ,इरफान अलि तथा लाल किशोर सिंह ,होटल तथा खाना व्यवस्थापन समिति सन्तोष सिंह , प्रथमिक उपचार समिति जयमोद ठाकुर , यातायात समिति जयमंगल कापर लगायतका व्यक्तिहरुलाई जिम्मा लगाएको छ ।

फाउण्डेशन र्पसाका सभापति मोहम्मद सहाबुदिनको अध्यक्षतामा बसेको बैठकमा विशेष अतिथि माननिय ओम प्रकाश शर्मा , प्रेश युनियन र्पसाका उपाध्यक्ष शेखर छतकुलि , लाल किशोर सिंह , ईरफान अलि , मनोहर साह , धिरज कुमार गुप्ता , दिलिपराज कार्की , सन्तोष सिंह , मनोज राउत कुर्मि, वडा नं १५का वडाध्यक्ष गजेन्द्र पटेल , कालु सिंह ,जितेन्द्र सिंह, शेख निजामुदिन ,कमलेश कुमार र्कण, अख्तर अंसारी, नगेन्द्र चौधरी लगायतका फाउण्डेशन र्पसाका सदस्य तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

error: Content is protected !!