ठोरीमा हाती तथा जिप सफारी महोत्सव सुरू

बीरगञ्ज । ठोरीमा हाती तथा जिप सफारी सुरू भएको छ ।

शुक्रवार एक समारोहका बीच ठोरी गाउपालिकाको वडा नम्बर ५ सुवर्णपुरको गढुवालाईनमा हाती र जिप सफारी महोत्सवको शुभारम्भ भएको छ ।

महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी नेकपा प्रदेश २ का सह ईन्चार्ज एवं पुर्व मन्त्री नागेन्द्र चौधरीले महोत्सवले ठाेरी गाउपालिकाको प्रयटन प्रवर्धनका साथै नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुगने बताउनु भयो ।

सुपर्णपुरको हाती तथा जिप सफारीलाई सफल बनाउन यसबारे विभिन्न माध्यमबाट प्रचार प्रसार भएपछि यो ठाउमा पर्यटकको अोहिरो लागने समेत चौधरीले बताउनु भयो ।

सिमावर्ती विहारको बगहा , नरकटियागन्ज, बेतिया, रामनगर, गोरखपुर लगायतको क्षेत्रलाई बजारको रूपमा लिएर सुवर्णपुरमा पर्यटकिय विकाशलाई अगाडि बढाउन समेत उदघाटन समारोहका वक्ताहरूले सुझाव दिनु भयो ।

गाउपालिका प्रमुख पदमलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेता जयप्रकाश थारू , जिल्ला समन्यवय समितीको सह संयोजक ठाकुर न्यौपाने, पोखरिया नगर प्रमुख दिप नरायण रौनियार , नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी , ठोरी गाउपालिका वडा अध्यक्षहरू , समाजिक कार्यकता,स्थानिय बुद्वीजिवी तथा भर भलादमीको उपस्थिति रहेको थियो ।

महोत्सवमा कुस्ती प्रतियोगिताका साथै राष्ट्रिय कलाकरहरूले प्रष्तुती दिने छन । महोत्सव पुस २९ गते सम्पन हुने छ ।

error: Content is protected !!