ट्राफीक प्रहरी उपरीक्षक महतोको निर्देशनपछि पर्सा ट्राफीक तात्यो

बीरगञ्ज,२४ पुष । ट्राफीक व्यवस्थापन तथा दुर्घटना न्युनिकरण गर्न मातहतका ट्राफीक प्रहरी युनिटहरुलाई प्रदेश २ ट्राफीक प्रहरी कार्यालयले दिएको निर्देशन पछि जिल्ला ट्राफीक प्रहरी कार्यालय पर्सा सक्रिय भएको छ ।

प्रदेश २ ट्राफीक प्रहरी प्रमुखको रुपमा आउनु भएका ट्राफीक प्रहरी उपरीक्षक श्याम कुमार महतोले आफनो कार्यकालमा प्रदेश २ को आठ वटै जिल्लाहरुमा बढदो दुर्घटनाहरुमा कमी ल्याउन विभिन्न कार्यक्रमहरु गर्ने योजना बनाएको बताए ।

सोही योजना अनुरुप जिल्ला ट्राफीक प्रहरी कार्यालय पर्साले ‘दुर्घटना घटाऔँ,मान्छे बचाऔँ’ भन्ने नाराका साथ बीरगञ्ज महानगरपालीकाको विभिन्न चौक—चौकमा ट्राफीक जनचेतना कार्यक्रम आयोजना गरेको हो ।

समुदाय साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफीक प्रहरी कार्यालय पर्साले बीरगञ्जको बसपार्कमा सवारी चालकहरुलाई ट्राफीक नियम बारे जानकारी गराइएको थियो ।

ई रिक्सा तथा टेम्पो चालकहरुलाई ट्राफीक नियम बारे जानकारीको अभाव हुदा ट्राफीक नियम उल्लघंनको घटना बढनुका साथै दुर्घटनामा समेत बृद्धी भइरहेको छ त्यसकारण ट्राफीक व्यवस्थापन चुस्त दुरुस्त बनाउन र बढदो दुर्घटना कमी ल्याउन यस्ता विभिन्न कार्यक्रमहरु आयोजना गरिने ट्राफीक प्रहरी उपरीक्षक श्याम कुमार महतोले बताउनु भयो ।

जिल्ला ट्राफीक प्रहरी कार्यालय पर्साबाट ट्राफीक प्रहरी नायव निरिक्षक कर्ण बहादुर चुनारा र ट्राफीक प्रहरी सहायक निरिक्षक किरण कार्कीले चालकहरुलाई दुर्घटनाको भयावह अवस्था तथा ट्राफीक नियम बारे जानकारी गराउनुका साथै अरुलाई पनि सचेत गराउन आग्रह गरेका थिए ।

error: Content is protected !!