ठोरीमा हात्ती तथा जिप सफारी महोत्सव हुने : अध्यक्ष श्रेष्ठ

बीरगञ्ज,२३ पौष । पर्साको ठोरी गाँउपालिकाको आयोजनामा पहिलो ठोरी हात्ती तथा जिप सफारी महोत्सव २०७६ हुने भएको छ ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि महोत्सव आयोजना गर्न लागिएको हो।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज पत्रकार सम्मेलन गरि आयोजकले पर्सा र चितवन राष्ट्रिय निकुन्जसँग जोडिएको ठोरी गाउँपालिका वडा नं.– ५ सुवर्णपुर गडुवालाईनमा पौष २५ देखि २९ गते सम्म आयोजना हुने महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

गाँउपालिका अध्यक्ष एवं महोत्सव आयोजक समितीका संयोजक पदमलाल श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेनलमा महोत्वसको बिविध पक्षबारे जानकारी गराइएको थियो ।

सुर्वणपुरस्थित गडुवालाइनमा आयोजाना हुने महोत्सवको उद्घाटन संघीय सरकारका वनमन्त्री शक्तिबहादुर बस्नेतले गर्ने तय भएको छ ।

सफारीमा निकुन्जमा दुलर्भ पाटेबाघ, बँदेल, निलगाइ, हात्ती, हरिण, गैंडा, मृग, हरिण चराचुरुङगीलगायतका वन्यजन्तु रहेकाले महोत्सव सफारी गर्ने पर्यटकले देख्न पाउने अध्यक्ष श्रेष्ठले बताए ।

५ दिन सम्म सञ्चाल्न हुने महोत्सवमा ५० हजार भन्दा बढि पर्यटक भित्र्याउने लक्ष्य रहेको आयोजकको भनाई छ ।

महोत्सवमा पर्यटकका लागि सुबिधा सम्पन्न होमस्टे र लजको व्यवस्था गरिएको छ ।

“सशक्त सक्षम एवं सवल स्थानिय सरकार, पुर्वाधार निर्माण, कृषि, पर्यटन र सशक्तिकरण ठोरीको प्रमुख आधार” भन्ने मुल नाराका साथ महोत्व आयोजन हुन लागेको हो ।

महोत्सवमा हात्ती र जिप सफारीका लागि नेपालीलाई ६ सय र विदेशीलाई ११ सय रुपैयाँ शुल्क निर्धारण भएको छ ।

५ दिने हात्ती र जिप सफारी महोत्सवमा प्रत्येक दिन राष्ट्रिय र स्थानीय कलाकरको सहभागीतामा सांस्कृतिक कार्यक्रम, नेपाल र भारतका नाम चलेका कुस्ती खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

महोत्सव आयोजनामा कुल २० लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गाउँपालिकाले महोत्सवका लागि १२ लाख रुपैयाँ छुट्याएको छ ।

पत्रकार सम्मेलनमा ठोरी ५ का वडा अध्यक्ष रामबहादुर पाख्रिन, सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद दाहाल, पन्चमुखी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र साह लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण ठोरी हात्ति तथा जिप सफारी महोत्सव प्रचार प्रसार समितिका संयोजक माधव तिमिल्सिनाले गर्नुभएको थियो ।

error: Content is protected !!