‘हामी सचेत मात्र भयौ भने ट्राफीक दुर्घटनामा धेरै कमी आउन सक्छ’

बढदो ट्राफीक दुर्घटनालाई न्युनिकरण गर्न प्रदेश २ ट्राफीक प्रहरीको योजना र ट्राफीक व्यवस्थापनका सम्बन्धमा प्रदेश २ ट्राफीक प्रहरी प्रमुखको रुपमा भर्खरै कार्यभार सम्हाल्नु भएका ट्राफीक प्रहरी उपरीक्षक श्याम कुमार महतो संग यस अनलाईनका संचालक तथा कार्यकारी सम्पादक श्याम कुशवाहाले गर्नु भएको विषेश सम्वाद —

प्रदेश २ को ट्राफीक प्रमुख भएर भर्खरै आउनु भएछ यस क्षेत्रमा ट्राफीक सम्बन्धी कस्ता समस्याहरु बढी पाउनु भयो ?

ट्राफीकको समस्या सबैठाउमा एउटै खालको हुन्छ । ट्राफीक समस्याहरुको हकमा ट्राफीक नियम सम्बन्धी जानकारीको अभाव र यदी जानकारी छ भने पनि ट्राफीक नियमको पालना नगर्नु परिपाटी देखिदै आएको छ । त्यसतै अर्को समस्याको रुपमा यो क्षेत्रमा धेरै जसो सडकहरु मर्मत सम्भार र नयाँ सडकहरुको सञ्जाल बिस्तार भइरहेको कारण त्यसले गर्दा अहिले अस्त व्यस्त ठाउ ठाउमा रहेको छ । त्यसैगरी जिल्लाको सदर मुकामहरु संगको लिंक रोडहरुको विस्तार भइहरेको छ र लिंक रोडहरु पहिलेको भन्दा अझ विस्तार भएर ठुलो ठुलो बनीरहेकोले गाडीहरुको आवात जावतमा वृद्धी भएको छ । तर जनताहरुको जानकारीको स्तर र कानुनको कार्यान्वयनको अवस्थामा अपेक्क्षाकृत सुधार भएको देखिदैन । कानुन कार्यान्वयनमा पनि समस्या देखिएको छ त्यसलाई पनि कडाईको साथ लिएर जानु पर्ने स्थिती छ । त्यसैगरी पार्कीगं व्यवस्था पनि यस क्षेत्रमा ठुलो चुनौतीको रुपमा रहेको छ । र अर्को एउटा चुनौती चाहीँ धेरै संख्यामा रहेको टेम्पु तथा ई रिक्साहरु जुन दर्ता भएको छैन र दर्ता भएर संचालनमा रहेकाहरु प्नि नियम कानुन नमानेर तोकिएको मापदण्ड भन्दा दायाँ बायाँ गएर सवारी साधनहरु चलाउने गरेको समस्याहरु बढी यस क्षेत्रमा रहेको देखिन्छ ।

प्रदेश २ मा सवारी दुर्घटनाको अवस्था स्थिती के छ ?

समग्रमा प्रदेश २ मा हेर्दा खेरी गत वर्षको र अहिले को आर्थीक वर्षको यो पाँच महिनाको अवस्था अवधीलाई तुलना गर्दा खेरी सडक दुर्घटनामा केही हद सम्म वृद्धी भएको देखिन्छ । र तथ्याकंलाई केलाउदा १४.७ प्रतिशत सडक दुर्घटनाहरुमा वृद्धी भएको देखिन्छ । मृत्यु दर गत वर्षकै बराबर रहेपनि घाईतेहरुको संख्यामा भने २७ प्रतिशतले वृद्धी भएको देखिन्छ । दुर्घटना न्युनिकरण गर्न हामीहरुले तत्कालै केही कार्यहरु गर्नु पर्ने देखिन्छ यदी तत्कालै केही गरिएन भने दुर्घटनाको स्थिती अझै बढन् सक्ने तथ्यांकहरुले देखाउछँ । र अर्को एउटा महत्वपुर्ण पाटो के छ भने दुर्घटनामा, हामीले विगतमा भएको दुर्घटनाहरुलाई केलाउदा खेरी के देखिन्छ भने ९४.७ प्रतिशत दुर्घटनाहरु मनविय त्रुटीले भएको देखिन्छ । अब मानविय त्रुटी भनेको सडक प्रयोगकर्ताहरु ट्राफीक नियमको बारे सचेत नहुनु,मोटरसाईकल चालकहरुले हेल्मेट प्रयोग नगर्नु,विभिन्न किसीमको लापरवाहीहरु गर्नु,चाहीने भन्दा बढी व्यक्ती तथा माल समानहरु लोड गरेर हिन्नु,त्यसपछि ओभर स्पीड,मादक पदार्थ सेवन गरेर सवारी चलाउने,ओभरटेक तोकिएको ठाउमा नगरिकन जथाभावी ओभरटेक गर्दा दुर्घटनाहरु हुने लगाएतको समस्याहरु देखिन्छ । यसरी देख्दा खेरी प्राय जसो दुर्घटनाहरु मानविय त्रुटीका कारण भएको देखिन्छ ।

दुर्घटनाको अवस्थामा दिन प्रती दिन वृद्धी भइरहेको छ अब यसलाई कसरी न्युनिकरण अथवा कम गर्न सकिन्छ ?

धेरै महत्वपुर्ण कुरा छ यो हामीले सडक दुर्घटना बाट धेरै धनजनको क्षती भइरहेको छ सम्पतीहरुको क्षती भइरहेको छ । एक त हामीलाई ट्राफीक नियमको बारेमा थाहा हुदा हुदै पनि पालना गर्दिदैनौ र कतीपयलाई ट्राफीक नियम थाहा पनि हुदैन । यदी हामीलाई सडक दुर्घटना कम गर्नु छ भने हामी सचेत हुन अति आवश्यक जरुरी छ । हामीहरुले धेरै भन्दा धेरै सचेतना मुलक कार्यक्रमहरु गरेर जन—जन समक्ष टोल—टोलमा ट्राफीक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रमहरु यदी लिएर जान सक्यौ भने ट्राफीक दुर्घटनाहरुलाई कम गर्न सकिन्छ । त्यसतै गरेर अर्को कुरा चाहीँ जुन ठाउहरुमा सडकहरु व्यवस्थीत छैन त्यहाँ चाहीँ ट्राफीक दुर्घटना न्युनिकरण गर्न सम्बद्ध निकायहरु संग समनव्यात्मक रुपमा पहल गरेर सडक सञ्जालहरु सडकलाई व्यवस्थीत गर्ने,पार्र्कींगहरुलाई व्यवस्थीत गर्ने,त्यसपछि जुन सडकमा सवारीका साधनहरुले ट्राफीक नियम उलंघन गरिरहेको छ त्यसलाई कडाईका साथ कानुन कार्यान्वयन गर्र्ने लगाएतका कुरा हरु नै छ । त्यसतै अर्को एउटा महत्वपुर्ण कुरो के छ भने प्रदेश २ मा ट्राफीकलाई एक त स्रोत साधनको अभाव छ र भएको स्रोत साधनहरुलाई पनि अधिक्तम प्रयोग गर्नु पर्ने स्थिती देखिन्छ । र यस्तै कुराहरुलाई हामीले तदारुक्ताका साथ गर्न सक्यौ भने ट्राफीक दुर्घटनाहरु कम हुन सक्छ र मैले त्यो लक्ष्य पनि लिएर कार्यहरु अगाडी बढाएको छु र सोही अनुरुप मैलै आफनो मातहतका जिल्ला ट्राफीक युनिटहरुलाई पनि निर्देशन दिसकेको छु । म यहाँ आएको एक हप्ता मै केही सुधारका लक्षणहरु पनि देखिएको छ । सम्भवत एउटा लक्ष्य लिएर त्यही अनुसार अगाडी बढछौ ।

ट्राफीक नियमबारे सचेतना जगाउन कस्ता—कस्ता कार्यक्रमहरु गर्ने योजना छ ?

ट्राफीक नियमबारे सचेतना जगाउन एउटा यस्तो कार्यक्रम मात्र भन्दा पनि सब भन्दा पहिला हामीले कुन क्षेत्र कुन समुह र कुन ठाउमा ट्राफीक नियम उल्लघंनका घटनाहरु बढी भइरहेका छन पहिला त्यो पहिचान गर्छौ र केही ठाउहरु प्हिचान गरि पनि सक्या छौ । त्यसैगरी दुर्घटनाका हिसाबले बढी जोखीम हुने र बढी मानव क्षती हुने ठाउहरु कुन हो त्योसब पहिला पहिचान गर्छौ र पहिचान गरिसकेपछि कुन वर्गको मान्छेहरु बढी घटनामा परिरहेका छन र क्षती व्योहोरी रहेका छन त्यही वर्गलाई लक्षीत गरेर फाइदा पुग्ने कार्यक्रम गर्ने । र स्कुल कार्यक्रमहरु हुन सक्ला अथवा टोल टोलमा गएर भला कुसारी गर्ने हुन सक्ला,अथवा वहाँहरुलाई केही घण्टाको ट्राफीक जनचेतना मुलक कक्षाहरुमा सहभागी गराउने हुन सक्ला,त्यसतै गरेर सडकमा चालकहरुलाई सचेत गराउने कुराहरु छन । जहाँ निर अलीक जोखीम बढी छ त्यो ठाउमा ट्राफीकको बढी भन्दा बढी परिचालन गरेर चालकहरुलाई छुटा छुटै कार्यक्रमहरु गरेर ट्राफीक नियम बारे जानकारी गराउने । ट्राफीक नियम बारे जानकारी सहितको पर्चा,पम्पलेट वितरण गर्ने र अलीक बढी दुर्घटना हुने ठाउहरुमा साइन बोर्डहरु राख्ने । त्यसतै चालकहरु एकपल्ट सवारी चालक अनुमति पत्र लिदा फिट हुन्छन तर उ चाहीँ समय परिस्थिती संगै २० औ वर्ष सम्म गाडी चलाई राखेको हुन्छ र उसमा शारिरीक रुपमा हुने कमी कमजोरी जस्तै आँखाको कमजोरी लगाएत शारिरीक कमजोरीहरु चेकजाच खासै देखिदैन त्यसकारण चालकहरुको अवस्था समय समयमा सडकमा गएर चेकजाच गर्दिने अब यसरी नै हामीहरुले ट्राफीक नियम सम्बन्धी विभिन्न कार्यक्रमहरु लिएर जाने योजनामा छौँ ।

ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तार संगै दुर्घटना पनि बढी रहेकाछन तर राजमार्गमा मात्र ट्राफीक केन्द्रित भयो नी ?

पहिला पहिला गाउहरुमा धेरै गाडीहरुको आवागमन हुदैन थियो त्यही पनि जहाँ जहाँ धेरै गाडीहरु कुदछ ट्राफीक प्रहरीको आवश्यक्ता त्यहीँ निर पर्छ । विगतमा चाहीँ राजमार्गमा गाडीहरु धेरै कुदने भएको हुनाले राजमार्गमा बढी ट्राफीकहरु केन्द्रित भएकै हो तर अहिलेको परिस्थिती के छ भने भन्दा खेरी जुन लिंक रोडहरु छ र सदर मुकाम सम्म जाने सडकहरु र त्यसतै गरेर अन्य मार्गहरु जहाँ निर धेरै सवारीका चापहरु बढेको छ त्यो ठाउमा पनि हामीले ट्राफीकहरु विस्तारै विस्तारै हाम्रो सञ्जालहरु विस्तार गरिरहेका छौ । हामीले यस्लाई निरन्तर विस्तार गर्ने क्रममै छौ भर्खरै तिन चार दिन पहिला हामीले बारामा एउटा गाउमा ट्राफीक पोष्ट थपेका छौ आवश्यक्ताको पहिचान गरेर । तर हामी संग पनि केही समस्याहरु रहेको छ हामी संग चाहिए जती जनशक्ती छैन १७ ठाउका लागी निकासा भएको जनशक्तीलाई ७५ ठाउमा बाडेका छौ । र जनशक्तीको अभाव भएको कारणले सोचेको अनुसार र आवश्यक्ता भएको प्रत्येक ठाउमा एकै पटक पुर्याउन नसकिएला तर हामीले विस्तारै यसलाई बढाउने क्रममै छौ र यसमा मिडीयाको पनि ठुलो साथ र सहयोग चाहिन्छ सचेतना जगाउनलाई किन भने म यहाँ कार्यरत भइसकेपछि मेरो कार्यकालमा यदी ट्राफीक दुर्घटना न्युनिकरण गर्र्न सके अथवा केही मान्छेहरुको मृत्युलाई घटाउन सके भने पनि मेरो लागी एउटा ठुलो सन्तुष्टी हुन्छ त्यो र मैलै चाहीँ त्यसैमा लागी रहेको छु र मिडीयाको धेरै ठुलो साथ र सहयोगको आवश्यक्ता देखेको छु । ट्राफीक नियम सम्बन्धी जानकरी मिडीयाका माध्यमबाट जन—जन समक्ष गयो भने दुर्घटनाहरुमा कमी हुने विश्वास लिएको छु ।

क्षमता भन्दा बढी भार बोक्ने गाडीहरुका कारण सडक क्षती हुनुका साथै दुर्घटना पनि बढने् गरेको छ यसलाई कसरी नियन्त्रण गर्नु हुन्छ ?

ज्यादै सान्धर्वीक प्रश्न हो यो जहिले पनि ट्राफीक माथी उठने गरेको प्रश्न हो यो । यो सम्बन्धमा मैले के भन्छु भने कुनै पनि ट्रकमा लोड बढी छ भन्दै मा त्यो मापदण्ड विपरित नहुन सक्ला किन भने ट्रकको साइज त्यसको एक्सेलको आधारमा त्यसको क्षमता मापन गरिएको हुन्छ । कुनै ट्रकको लागी १७ टन लोड बढी हुन्छ भने कुनै ट्रकको लागी ३० टन लोडलाई पनि समान्य मानिन्छ त्यही भएर ट्रक ठुलो अथवा समान बढी भन्दा पनि उस्को मापदण्ड विपरित छ कि छैन भन्ने कुरा हामीले हेर्ने हो । र मापदण्ड विपरितको ट्रकहरुलाई हामीले कार्यवाही गरिरहेका छौ । त्यही भएर अहिले चाहीँ मापदण्ड विपरितको गाडीहरु कुदेको धेरै हाम्रो जानकारीमा छैन जुन हामीले तोकीएको मापदण्ड छ मापदण्डको परिधी भित्र नै गाडीहरु कुदी रहेका छन । र जस्ले मापदण्ड विपरित गाडीहरु कुदाइ रहेको छ त्यसलाई हामीले कानुनको दायरामा ल्याई रहेका छौ ।

सुरक्षीत सडक यात्राका लागी आम सर्वसाधारणलाई कस्तो सन्देश दिन चाहनु हुन्छ ?

मैले चाहीँ अन्त्यमा के भन्न चाहेँ भने कुनै ठुलो एउटा मानविय विपती आउछँ त्यो मानविय विपतीमा सयौ दुई सय मान्छेको क्षती हुदा खेरी हामीले त्यसलाई धेरै ठुलो इशु बनाउछौ र धेरै ठुलो इशुको रुपमा आउछँ त्यो । तर हामीले यो चाहीँ सडक दुर्घटनामा वार्षीक रुपमा हजारौ मान्छेको ज्यान अनाहकमा गुमाई राखेको छ तर यो कहिले पनि त्यती ठुलो इशु बन्दैन । जबकी यो स्थिती दुर्घटनाबाट मान्छेको मृत्युको स्थिती भयावह देखन्छि त्यही भएर अबको दिनमा चाहीँ यदी हामीले अली कती पनि सडकमा हिडदा डुल्दा खेरी अथवा सवारी साधन गुडाउदा खेरी अथवा ट्राफीकले तोकिएको मापदण्डको हामीले पालना गर्दिएनौ भने आज चाहीँ कुनै एउटा मान्छको क्षती भयो समान्य लाग्न सक्छ तर भोली त्यो दुर्घटना आफु संग हुन सक्दैन अथवा आफनो घर परिवार तथा आफन्तहरु दुर्घटनाको जोखिममा पर्दैनन भन्ने कुराहरु रहदैन । त्यही भएर यहाँहरुको माध्यमबाट म सम्पुर्ण आम सर्वसाधारणलाई के अनुरोध गर्न चाहन्छु भने कृप्या सडक नियमहरुको पालना गर्दिनु होस । र यहाँहरुको छर छिमेकमा यहाँहरुको घर परिवारमा भएको कुनै व्यक्तीले यदी ट्राफीक नियम उल्लघंन गर्छ भने यो तपाईहरुलाई गाउ समाजको लागी जोखिम हुन सक्छ त्यही भएर ट्राफीक नियमको उल्लघंन नगर्दिन अनुरोध गर्दिनुहोस । मोटरसाईकल चालकले हेलमेट लगाइ दिनु होस कमसेकम सवारी साधनहरुले आफनो सवारी साधनमा भएको नम्बर प्लेट चुस्त दुरुस्त राखदिनुहोस तपाईहरुको सानो सावधानीले पनि कतै न कतै मान्छेहरुको जिवनमा हुन सक्ने क्षतीलाई न्युनिकरण गर्न सहयोग गरिरहनु भएको हुन्छ । यो कुराहरुमा अलिकता सचेत भइदिनु भयो भने निश्चित रुपमा पनि हामीले यो डर लाग्दो अवस्थामा रहेको सवारी दुर्घटनाको र यसबाट हुने मान्छेको मृत्यु र घाइतेको अवस्था त्यसलाई हामीले न्युनिकरण गर्न सक्छौ ।