सशस्त्र प्रहरीद्वारा बीरगञ्जबाट चार भुटानी सहित एक तिब्बती नागरिक पक्राउ

बीरगञ्ज,२२ पुष । बीरगञ्ज भन्सार हुदै नेपाल प्रवेश गर्न लागेको चारजना भुटानी सहित एकजना तिब्बती नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरी अध्यागमन कार्यालयमा बुझाएको छ ।

पक्राउ पर्नेमा भुटानी नागरिकहरू वर्ष ६५ को डोलमा तामांग,वर्ष ४३ को छोदेन तामांग, वर्ष १९ को छुन्दु लह्मो,वर्ष ७० को ग्यान बहादुर तामांग र तिब्बती नागरिक वर्ष ४० का कुन्छोक तसोमो रहेका छन ।

बीरगञ्ज भन्सार स्थित रहेको सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षक फणिन्द्र भुजेलको कमाण्डमा खटिएको डिउटी टोलीले भारतको बोधगया बाट काठमाण्डौ तर्फ जादै गरेको बा ५ ख २३८८ नम्बरको नेपाल भारत मैत्री बसमा सवार ४० जना यात्रु मध्ये पाचँजना संग पासपोर्ट नभेटिए पछी नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले बताउनु भयो ।

भन्सार मुल गेटमै खटिएको हाम्रो टोलीले चेकजाचका क्रममा चारजना भुटानी र एकजना तिब्बती नागरिक संग सोधपुछका क्रममा पासपोट नबोकेको र आईडी कार्ड मात्र रहेको भेटिएपछि पक्राउ गरी थप आवश्यक छानबीनका लागी अध्यागमन कार्यालय बीरगञ्जमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिनु भयो ।

केहि महिना अगाडी मात्र नेपाल भारत मैत्री बसबाट अवैध लागुऔषध बरामद भएपछि चेकजाचमा कडाई गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले बताउनु भयो ।

error: Content is protected !!