बीरगञ्ज,२१ पुष । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले पर्सा नापीका सर्वेक्षक रामनरेश पासवानलाई ७५ हजार घुस रकम सहित रंगेहात पक्राउ गरेको छ ।
बीरगञ्ज महानगरपालिका वडा नम्बर ९ स्थीत पर्सा नापी कार्यालय अन्तर्गत २ नम्बर नापी टोली कार्यालयबाट सर्वेक्षक रामनरेश पासवानलाई सेवाग्राही बाट लिएको घुस रकम सहित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।
पटक-पटक सेवाग्राही संग काम गरे बापत घुस रकम मांग गरेको सुचना आएपछी सर्वेक्षक पासवानलाई निगरानीमा राखिएको थियो छापामारीमा संलग्न अख्तियारका एक अधिकृतले बताए ।
यसमा तपाईंको प्रतिक्रिया: