प्रनि कुशवाहाद्धारा एक रातमै दुई अप्रेशन : २ राउण्ड हवाई फायर, गाजाँ सहित ४ पक्राउ

बीरगञ्ज,१९ पुष । ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरका प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाले एक रातमै दुईवटा अप्रेसन गरेर ५३ किल्लो लागुऔषध गाजाँ सहित ४ जनालाई पक्राउ गरेका छन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी ५३ किल्लो लागुऔषध गाजाँ सहित पक्राउ परेका दुई नेपाली र दुई भारतीय गरी चारै जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ट्रकमा सवार जिल्ला मकवानपुर राक्सिराङ गा.पा. वडा नं. ५ बस्ने वर्ष ३५को राजकुमार मोक्तान र भारतीय कारमा सवार भारतीय नागरिक जिल्ला मोतिहारी पूर्वी चम्पारण कुडुवा चैनपुर बारवा बस्ने वर्ष ३७ को दिलिप कुमार सिंह, जिल्ला मोतिहारी रघुनाथपुर बस्ने वर्ष १८ को उज्जल कुमार ठाकुर र जिल्ला रौतहट यमुनामाई गा.पा. वडा नं. ४ बस्ने वर्ष २४ को विकाश सिंह रहेका छन ।

विषेश सुचनाको आधारमा प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाको नेतृत्वमा खटिएको प्रहरी टोलीले एक रातमै दुईवटा अप्रेसन गरेर एउटा ट्रक र एक भारतीय कारबाट गरी ५३ किल्लो लागुऔषध गाँजा सहित ४ जनालाई नियन्त्रणमा लिइएको हो ।

मनहरीबाट बिरगंज तर्फ आउँदै गरेको बा.५ ख ७२६८ नं.को खालि ट्रकलाई चुरीयामाईको जंगलमा शंका लागि पिछा गरेकोमा उक्त ट्रक चालक प्रहरीलाई देख्ना साथ ट्रक छाडि जंगल तर्फ भागेपछि ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा ट्रकको क्याबिनको माथि भागमा २ वटा पोकाहरूमा त्रिपालले बेरी लुकाई छिपाई ल्याएको २० किलो लागूऔषध गाँजा सहित ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाले बताउनु भयो ।

यसैगरी पूर्व पश्चिम लोकमार्गको सडक खण्ड अन्तर्गत हेटौडा उपमहानगरपालिका वडा नं. १५स्थित रातोमाटे चेकप्वाईन्टमा हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको डिएल ३ सिएक्यु ४१७२ को भारतीय नम्बरको कारलाई रोकी चेकजाँच गर्न खोज्दा कार नरोकी भागेकोमा पछ्याँउदै जाने क्रममा अन्दाजी ३ कि.मी. अगाडि हाईवेमा कार रोकी कारमा सवार मानिसहरु भाग्ने क्रममा नियन्त्रणमा लिनको लागि चाईनिज पेस्तोलबाट २ राउण्ड हवाई फायर गरी कार र कारमा सवार मानिसहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कारको बीचको सिटमुनी फल्स बटम बनाई लाँदै गरेको ४ वटा पोकाहरूमा अन्दाजी ३२ किलो लागूऔषध गाँजा सहित तिनैजनालाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक कुशवाहाले जानकारी दिनु भयो ।

error: Content is protected !!