डा.थापालाई कार्यवाही गरी प्रभु अस्पताल बन्द गर्न पिडितको माग

बीरगञ्ज। एकै दिन दुई प्रसुति महिला को मृत्यु भएपछी विवादमा आएकी डॉक्टर लक्ष्मी थापा गुप्ता र उनले संचालन गरेको प्रभु अस्पताल माथी कार्यवाही गर्न पिडित पक्षले मागँ गरेका छन ।

मृतक दुवै महिलाका परिवारजनले आज नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी डॉक्टर थापाकै गल्तीका कारण आफन्त गुमाउनु परेको बताउदै डा.थापा र उनले संचालन गरेको अस्पतालको लाइसेन्स खारेज गर्न मागँ गरेका हुन ।

अस्पतालमा प्रसुति गराउन आएकी दुवै महिलाको मृत्यु एउटै प्रकृतिको घटना बाट भएकोले अस्पतालको संचालक समेत रहेकी डा.थापाको चरम लापरवाही देखिएको परिवारजनले आरोप लगाए ।

नियमित चेकजाचमा रहेर प्रभु अस्पतालमा अप्रेशन मार्फत बच्चा जन्माएकी बाराको पचरौता नगरपालिका वडा नं. १ की २५ बर्षिय सुनिता देबी र वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोल निवासी ३० बर्षिय अमृता श्रेष्ठको मृत्यु भएको थियाे ।

अप्रेशन हुदा र त्यसको केही घण्टा सम्म अवस्था ठिक रहेपनी केहि समय पछी दुवै महिलाको अवस्था विग्रिएको र एक्कासी किडनी तथा लिबर फेल भएको बताइयो तर कुन कारणले मृत्यु भयो त्यो हाल सम्म डा. थापा तथा अस्पतालले भन्न सकेको छैन पिडित परिवारले पत्रकार सम्मेलनमा आरोप लगाए।

पत्रकार सम्मेलनमा पिडितहरूले डा. थापाले अप्रेशन गरेको दुवै महिलाको केही घण्टा पछी नै पिसाब रोकिएर अवस्था विग्रिएको थियो र भेन्टिलेटरमा राखिएको केही बेर मै मृत्यु भएको परिवारजनले आरोप लगाए ।

डा.थापाले उपचार मै गम्भीर त्रुटि गरेकोले उनीमाथी तत्काल कार्यवाही गरी उनले संचालन गरेको अस्पताल समेत बन्द गर्न पिडित परिवारले मांग गरेका हुन ।

error: Content is protected !!