१५ हजार घुस सहित समातीए महानगरका कर्मचारी

वीरगञ्ज, १४ पुष । महानगरपालिकाको कम्प्युटर अपरेटर पदमा कार्यरत कर्मचारी राकेश कुमार जयसवाललाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले सोमबार महानगरको कार्यालयबाट १५ हजार घुस रकम सहित उनलाई पक्राउ गरेको हो ।जयसवालले वीरगंज महानगरपालिकाको वडा नं.–३० स्थित उपभोक्ता समिति मार्फत भएको सडक ढलानको भुक्तानि रकम दिए बापत सेवाग्राही संग घुस मागेका थिए ।

सोही घुस रकम सेवाग्राही सँग लिदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका सूचना अधिकारी शिव रेग्मीले बताउनु भयो ।

जयसवालले लिएको घुसको रकम लेखा अधिकृत राउतको कार्यकक्षको सोफाबाट बरामद भएको थियो ।

error: Content is protected !!