वप्रका श्रिपुरको सराहनीय कार्य : चौक-चौकमा दाउरा वितरण गरिदै

बीरगञ्ज,१३ पुष । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुरले बढदो चिसोलाई ध्यानमा राखेर बिरगञ्जको विभिन्न ठाउहरूमा दाउरा वितरण गरेको छ ।

चिसो बाट आहत बनिरहेको सर्वसाधारणलाई दैनिक जिवनयापन गर्नमा समेत कठिनाई भइरहेको अवस्थामा केही हद सम्म न्यानो प्रदान होस भन्ने उद्देश्यले वडा प्रहरी कार्यालय श्रिपुरले आज पाचौँ दिन पनी बीरगञ्जको विभिन्न चौकहरुमा दाउरा वितरण लाई निरन्तरता दिएको प्रहरी नायव निरिक्षक श्यामबाबु यादवले जानकारी दिनु भयो ।

बढदो चिसोको कारण दैनिक काम गरेर जिविका चलाउन अति विपन्न वर्गलाई चिसोले बढी असर गरेको छ ।

विभिन्न कामले घर बाहिर सडकमै धेरै समय बिताउनु पर्ने वर्गलाई लक्षित गरेर बीरगञ्जको राधेमाई, पावरहाउस, प्रतिमा चौक र मुर्ली चौकमा दाउरा वितरण गरिएको प्रहरी नायव निरीक्षक यादवले बताउनु भयो ।

error: Content is protected !!