सपाको महानगर समायोजन सम्पन्न, अध्यक्षमा पुनः यादव

वीरगंज । समाजबादी पार्टी महानगर कार्य समितिको समायोजन घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।

ईश्वर चन्द्र यादवको अध्यक्षतामा भएकाे कार्यक्रममा समायोजन घोषणा समाजवादी पार्टी पर्साका सचीव तबरेज अहमदले गरेका थिए ।

जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले नव घोषित सामितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बोल्दै समाजबादी पार्टीका केन्द्रिय सदस्य एंव प्रदेश सांसद प्रहलाद गिरिले विकासका माध्यमले देशमा नयाँ परिवर्तन र समाजलाई सही दिशा तर्फ डोर्याउन समाजवादी पार्टीको विक्लप नरहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद जनत अन्सारी, भिमा यादव, पार्टीका सल्लाहकार बिरेन्द्र यादव, केन्द्रिय परिषद सदस्य सिवजी सोनि, सलाउदिन अहमद, प्रदेश सदस्य महाराज यादव, जिल्ला समन्वय समिति पर्साका संयाेजक नेक महम्मद अन्सारी, जिल्ला उपाध्यक्ष बासुदेव यादव, कोषाध्यक्ष चन्द मिश्रा, जिल्ला सदस्य बृजमोहान तिवारी, सुनिता शर्मा लगायतले नवनिर्वाचित समितिको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

error: Content is protected !!