सशस्त्र प्रहरीको सक्रियता : २ लाखको लत्ता कपडा बरामद

बीरगञ्ज,०७ पुष । सशस्त्र प्रहरीले बीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित बाट भन्सार चोरी पैठारी गरी ल्याइएको लत्ता कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म हे.क्वा राजश्व तथा भन्सार गस्ती सुरक्षा पर्साबाट खटिएको गाडी मोबाईल टोलीले चेकजाँच गर्ने क्रममा अन्दाजी २ लाख मुल्य बराबरको लत्ता कपडा बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले बताउनु भयो ।

बरामद गरिएको लत्ता कपडा वीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिनु भयो ।

error: Content is protected !!